• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाको जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न


  •    संवाददाता/ सोमबार, भदौ २४, २०८१  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष गौरीमान फागोको सभाध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख भोलानाथ दाहालको प्रमुख आतिथ्यतमा कार्यक्रम गरिएको थियो ।

    Advertisement

    प्याब्सन झापाले गत भदौ १४ गतेबाट पालिका स्तरमा एकैसाथ अतिरिक्त क्रियाकलाप सञ्चालन गरी माध्यमिक तह कविता वाचन, आधारभूत तह १-५ हाजिरीजवाफ, माध्यमिक तह र आधारभूत तह निबन्ध लेखन, माध्यमिक तह आकस्मिक वक्तृत्वकला कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

    Advertisement

    जिल्ला स्तरीय प्रतियोगितामा आधारभूत तह कक्षा ६-८ को हाजिरीजवाफ तर्फ गोलधाप सनसाइन हल्दिबारीका सौगात रेग्मी र दीया पौडेल प्रथम, पशुपति माध्यमिक विद्यालय कनकाईका प्रिन्स खनाल र दृष्टि सिटौला द्वितीय र जयपूर स्कूल बुद्धशान्तिका दिब्यांशु अधिकारी र दिब्या अधिकारी तृतीय भएका छन् ।

    त्यस्तै माध्यमिक तहको अंग्रेजी आकस्मिक वक्तृत्वकला प्रतियोगिताको छात्रतर्फ इमिनेन्ट कञ्चनजंघा गौरादहका प्रवेश अधिकारी प्रथम, चिल्ड्रेन गार्डेन हल्दिबारीका सम्राट खरेल द्वितीय र नेशनल मेरिगोल्ड स्कूल भद्रपूरका प्रनिल सत्याल तृतीय भएका छन् ।

    छात्रा तर्फ जयपूर स्कूल बुद्धशान्तिकी जिज्ञाषा श्रेष्ठ प्रथम, मिनी माउन्टेन स्कूल बाह्रदशीकी सृष्टि बास्तोला द्वितीय, संस्कारा शिक्षा सदन हल्दिबारीकी सिकुम लिम्बू तृतीय भएका छन् ।

    त्यसैगरी माध्यमिक तह अंग्रेजी निबन्धमा दिपजन अंग्रेजी माध्यमिक विद्यालय बाह्रदशीका सुमन थापा, न्यूटन्स एकाडेमी बिर्तामोडका इतुशा लिम्बू, जयपूर अंग्रेजी स्कूल बुद्धशान्तिकी आभा पोखरेल, ग्रिन फिल्ड स्कूल बिर्तामोडकी सुम्निमा राई र सगरमाथा स्कूल शिवसताक्षीका रोशन थापा उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् ।

    माध्यमिक नेपाली निबन्धमा माउण्ट एभरेष्ट गौरादहका जेनिस कोइराला, जयपूर अंग्रेजी स्कूल बुद्धशान्तीका पूजन श्रेष्ठ, नमूना गौरादहकी एलिसा सापकोटा, साउथ होराइजन स्कूल झापाकी केशिका संग्रौला र श्रृजना शिशू सदनकी श्रृष्टि ढकाल उत्कृष्ट पाँचमा परेका थिए ।

    आधारभूत तह कक्षा ६-८ अंग्रजी निबन्धमा दुर्गा स्कूल मेचीनगरकी कृषा मेचे, एमिटी स्कूल बिर्तामोडका संयोग सम्बाहाम्फे, देवभूमि स्कूल अर्जुनधाराका रिवान खतिवडा, लालिगुराँस स्कूल दमकका नेल्सन खत्री र चन्द्रज्योति स्कूल झापाका भास्कर राजवंशी उत्कृष्ट पाँच र नेपाली निबन्धतर्फ जयपूर स्कुल बुद्धशान्तिका गौरव भण्डारी, बेल्स मोडेल बिर्तामोडका श्रजन ढुंगेल, नमूना मावि गौरादहकी अर्पणा बस्नेत, ज्ञानोदय मावि गौरीगञ्जका सोनू बस्नेत र दिपजन अंग्रेजी मावि बाह्रदशीका ससेहाङ् लिम्बु उत्कृष्ट पाँचमा पर्न सफल भई पुरस्कृत भएका थिए ।

    आधारभूत तह चित्रकला छात्र तर्फ निहारिका स्कूल कमलका अनूप तामाङ, हरिकुल स्कूल कनकाईका नेत्र गदाल, दिब्यज्योति स्कूल बाह्रदशीका हिमाल राजवंशी, इष्टर्न स्टार स्कूल दमकका डेनियल टुडु, न्यूटन्स एकेडेमी बिर्तामोडका न्यूसन तुम्बाहाम्फे तथा छात्रातर्फ हरिकुल स्कूल कनकाईकी समीक्षा अधिकारी, कालिका शिशु सदन अर्जुनधाराकी युशा ढकाल, कन्भेन्ट स्कुल मेचीनगरकी कोहिनूर श्रेष्ठ, सर्बोदय स्कुल दमककी विविशा बुढाथोकी र हिमालयन एकाडेमी मेचीनगरकी अपराजिता रानामगर उत्कृष्ट चित्रकारितामा पुरस्कृत भएका छन् ।

    माध्यमिक तहको खुल्ला चित्रकलामा मेची स्कूल शिवसताक्षीका मनिर लिम्बु, नर्थपोइन्ट स्कूल मेचीनगरकी सप्रिका राई, संस्कारा शिक्षा सदन हल्दिबारीका शिशिर लोहार, विभूति विद्यामन्दिर भद्रपूरकी शिखा गौतम र श्रजना शिशु सदनकी रिजा लिम्बू उत्कृष्ट भई पुरस्कृत भएका थिए । सबै विधाहरुमा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयहरुलाई ट्रफी मेडल र प्रमाणपत्रदारा पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि दाहालले प्याब्सन झापाले पाठ्यपूस्तक पठनपाठनका अलावा विद्यार्थीको चौतर्फी विकासका लागि आयोजना गरेको अतिरिक्त क्रियाकलाप सरहानीय रहेको र धन्यवादसहित झापा प्याब्सनको प्रशंसा समेत गरेका थिए ।

    कार्यक्रममा कमल गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सूर्य न्यौपाने, शिवसताक्षी नगरपालिका शिक्षाशाखा प्रमुख छवि ढकाल, प्याब्सन कोशी प्रदेश सल्लाहकार एलडी राई, प्याब्सन कोशी प्रदेश सचिव कोषराज प्याकुरेल लगायतको विशेष आतिथ्य रहेको थियो ।

    प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रम प्याब्सन झापाका कार्यवाहक सचिव लक्ष्मीप्रसाद उप्रेती र सहसचिव भवानीप्रसाद पाठकले सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.