झापा । झापा र मोरंगमा भएको सवारी दुर्घट्नामा दुईजनाको मृत्यु भएको छ ।
झापाको अर्जुनधारा ५ कञ्चनबारीस्थित मुसी चोकमा शनिबार साँझ ६ः३० बजे भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेका छन् ।
झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल र जेसीवीबीच सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ३५ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको ज्यान गएको ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यले जानकारी दिनुभयो ।
उता,
मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबहाक बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का ४० वर्षीय विजेस लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो ।







