चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ ।
आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो ।
दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको बिएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो । कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको थियो ।
Advertisement
कलेजले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो ।
आयोगले यस वर्ष स्नातक तहका लागि विभिन्न विषयहरु गरेर ८ हजार ७० वटा सिट निर्धारण गरेको छ ।







