• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा तीज विशेष कार्यक्रम


  •    संवाददाता/ बुधबार, भदौ १९, २०८१  

  • त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

    विभाग अन्तर्गत स्नातकोत्तर (एमए) दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा बुधबार तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    दोस्रो सेमेष्टरकी विद्यार्थी साङ्केन राईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख डा.कुन्दनराज अर्याल रहेका थिए ।

    Advertisement

    उक्त कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुले आ-आफना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विभागीय प्रमुख डा.कुन्दनराज अर्यालले तीज मनाउने तौरतरिका समयसापेक्षित रूपमा परिवर्तन हुनुपर्ने धारणा राखेका थिए ।

    “५०/६० वर्ष अगाडिको तीज र अहिलेको तीज उस्तै हुनुहुन्न,” प्रमुख अर्यालले भने, “अब रुँदै माइतीघर जाने होइन, हाँसेरै जाने हो । श्रीमान्‌को खुट्टाको पानी खाने, यसो गर्ने उसो गर्ने अब हुनुहुन्न ।”

    त्यस्तै उपप्राध्यापक डा.देवराज अर्यालले तीजको महत्त्वमाथि प्रकाश पार्दै शैक्षिक संस्थामा आयोजित यस्ता सांस्कृतिक कार्यक्रमले छुट्टै अर्थ राख्ने बताए ।

    “विद्यार्थीहरूलाई हामीले प्रेजेन्टेसन गराउँछौँ, विद्यार्थीहरूले यसरी विभिन्न कार्यक्रमको आयोजना गर्छन् । यी कार्यक्रमहरू आपसमा सहयोगी बन्छन्,” अर्यालले भने, “यस्ता कार्यक्रमहरूले छुट्टै अर्थ राख्छन् । यो विद्यार्थीहरूको व्यक्तित्वसँग जोडिने कुरा पनि हो ।”

    त्यसैगरी उपप्राध्यापक डा.घमराज लुइँटेलले शुभकामना दिँदै पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविका अरु विभागहरूभन्दा सक्रिय रहेको बताए । “हामीले विद्यार्थीहरूलाई त्यसैगरी ट्रेन्ड पनि गरिरहेका हुन्छौँ,” लुइँटेलले भने, “पढाइसँगै अरु गितिविधिमा विद्यार्थी सक्रिय हुनु, अगाडि बढ्नु राम्रो हो । हामी अरु विभागभन्दा सक्रिय छौँ ।”

    यस्तै उपप्राध्यापक शशी मरासिनीले सांस्कृतिक रूपमा तीजको महत्त्व भएको बताउँदै समयसँगै तीजको प्रकृति फेरिनुपर्ने बताए । “महिलाहरू सशक्त भइसकेका छन् । अब माइतीले बोलाएन भनेर रुनुपर्ने अवस्था छैन,” उनले भने, “तीजको महत्त्व छ तर, यसको नेचर फेरिनुपर्छ । फेरिँदै पनि छ ।”

    त्यसैगरी प्राध्यापक लक्ष्मण हुमागाईंले कार्यक्रममार्फत आम नेपाली त्यसमा पनि दिदीबिहिनीहरूलाई शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना भएकोप्रति खुसी साटेका थिए ।

    त्यस्तै कार्यक्रममा एमए तेस्रो सेमेष्टरका विद्यार्थी बाबुराम आचार्यले कार्यक्रम आयोजना हुनु नै ठूलो कुरा रहेको उल्लेख गर्दै त्यसले निरन्तरता पाउनुपर्ने बताए ।

    दोस्रो सेमेष्टरकी विद्यार्थी अनिशा पौडेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रन्जु अधिकारीले गरेकी थिइन् ।

    औपचारिक कार्यक्रम भएपश्चात प्राध्यापक, निम्तालु विद्यार्थी तथा आयोजक विद्यार्थीहरू नृत्य गर्दै रमाइलो गरेर दर खाँदै शुभकामना आदानप्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.