झापा । सामाजिक संस्था योगदान राष्ट्रका लागि झापा शाखाको पहिलो पुर्ण बैठक तथा सदस्यता बितरण कार्यक्रम झापाको कोटिहोममा सम्पन्न भएको छ ।
संस्थाका जिल्ला संयोजक प्रदिप कुमार संग्रौलाको अध्यक्षता तथा प्रदेश संयोजक चेतना निरौलाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
मानिस फुर्सद हुदा कुलतमा फस्ने सम्भावना भएकाले ब्यस्त बनाउने सँगै बचेको समयलाइ राष्ट्रको बिकासमा खर्च गराउन समेत यो संस्था गठन गरिएको संयोजक संग्रौलाले बताउनु भयो ।
झापाका प्रत्येक स्थानिय तहबाट २/२ जना गरि ३० जना र एक जना संयोजक गरि ३१ सदस्य जिल्ला समितिलाइ पुर्णता दिइएको संयोजक संग्रौलाले बताउनु भयो ।
सदस्यहरु मध्ये ६ जनालाइ प्राथमिक उपचार सम्बन्धी काठमान्डौमा हुने तालिममा सहभागी हुन नाम छनौट गरिएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष भिम बोहोराले गर्नु भएको थियो भने संचालन सचिब सजु बुढाथोकिले गर्नु भएको थियो ।







