सेन्ट जेभियर्स बाल क्लबले झुल तथा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लबले कचनकवलमा रहेका ५० गन्धर्व परिवारलाई गन्धर्व समुदायको भवनमा झुल तथा ५० बालबालिकालाई कापी-कलम प्रदान गरेको हो ।
क्लबकी अध्यक्ष क्रिस्टिना राजबंशीले शुभकामना तथा कार्यक्रमको उद्देश्यसहित कार्यक्रमको महत्व बारेमा प्रकाश पारेकी थिइन् भने विद्यालयकी स्काउट एलिना घिमिरेले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
Advertisement
गन्धर्व समाजका अध्यक्ष रबिन गन्धर्वले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन फोकल पर्सन सालिकराम दाहालले गरेका थिए ।
त्यसैगरी क्लबले आजै वृद्ध कृष्णमाया नेपाल र उनकी अपांग छोरीको सहायताको लागि विद्यार्थीको तर्फबाट चार हजार सहयोग समेत प्रदान गरिएको छ ।
उक्त सहयोगपश्चात विद्यार्थीले होचो भू-भाग केचनाको अवलोकन गरेका थिए ।







