• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसइई नतिजामा अङ्क चढाउँदा धेरै त्रुटि


  •    संवाददाता/ शुक्रबार, साउन ३२, २०८१  

  • माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ ।

    २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्योग गरेका विद्यार्थीको नतिजाबाट यस्तो देखिएको हो । पुनर्योगका लागि दिएकाहरूको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

    Advertisement

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८० सालको एसइईको नतिजालाई लिएर पुनर्योगका लागि १८ हजार ६१२ निवेदन परेको थियो । पुनर्योगका लागि निवेदन दिएकामध्ये अब ३० जनाको मात्रै नतिजा सार्वजनिक हुन बाँकी छ । बाँकी नतिजा एक-दुई दिनमै सार्वजनिक हुने प्रक्रियामा रहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले बताए ।

    Advertisement

    बोर्डका अनुसार तीमध्ये ८४३ विषयमा नतिजा परिवर्तन भएको छ । यसो भनेको कुल आवेदनको ४.६ प्रतिशत हुन आउँछ । बोर्डले दिएको जानकारी अनुसार नतिजामा त्रुटि आउनुमा थुप्रै कारण पत्ता लागेको छ ।

    जसमध्ये मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा सबैभन्दा धेरै अर्थात् १.१४ प्रतिशत त्रुटि देखिएको छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा ०.९४ प्रतिशत त्रुटि भएको छ ।

    बाहिर अङ्क जोड्दा ०.८७ प्रतिशत र उत्तरपुस्तिका परीक्षणका क्रममा ०.७० प्रतिशत त्रुटि भएको देखिएको छ । परीक्षण गर्दा र जोड्दा दुवैमा भएको त्रुटि ०.०४ प्रतिशत छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा र जोड्दा ०.९२ प्रतिशत, जोड्दा र प्रविष्ट गर्दा ०.०१ प्रतिशत र परीक्षण गर्दा, अङ्क चढाउँदा र जोड्दा ०.०१ प्रतिशत त्रुटि देखिएको बोर्डले जनाएको छ ।

    परीक्षा नियन्त्रक पौडेलले कक्षा ९ मा फाराम भर्ने बेलादेखि भएको त्रुटिको एकमुष्ट परिणाम एसइईको नतिजा सार्वजनिक गर्दा देखिएको बताए । “सरसर्ती बाहिरबाट हेर्दा बोर्डको कमजोरीका कारण नतिजामा त्रुटि भयो भन्ने सुनिन्छ । तर वास्तविकता त्योभन्दा फरक छ,” उनले भने, “कतै परीक्षार्थी आफैँले गलत अङ्क लेखेका कारण समस्या देखिएको छ । कतै परीक्षणका क्रममा पनि समस्या देखिएको छ । एउटा निकायले मात्रै सुधार गरेर यो समस्याबाट पार पाउन सकिने देखिँदैन ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.