झापाको बिर्तामोडस्थित न्युट्न्स एजुकेशन एकाडेमीमा वीरता लेडी जेसीजले साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
प्रहरी निरीक्षक नरेश लिम्बुले प्रशिक्षण दिएको कार्यक्रमको प्रमुख एकाडेमीका प्लस टु कोर्डिनेटर केवल सापकोटा रहेका थिए ।
वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीका अनुसार साइवर क्राइमका विषयमा विद्यार्थीलाई सचेत गराउने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थी सहभागी भएका थिए ।
Advertisement
उक्त कार्यक्रममा न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई र इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्ट लगायतले बोलेको कार्यक्रममा औचित्यमाथि लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता बिमली खरेलले प्रकाश पारेकी थिइन् ।







