बिर्तामोड नगरपालिकाभित्र रहेका ९० वटा विद्यालयका विद्यार्थी शैक्षिक सत्र २०८१ को आईएमआईएस प्रणालीमा दर्ता भएका छन् ।
नगरपालिकाभित्र रहेका मन्टेश्वरी, सामुदायिक तथा संस्थागत विद्यालयका ३१ हजार २९३ जना विद्यार्थी असार १५ सम्ममा आईएमआईएस प्रणालीमा दर्ता भएका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार शिक्षा मन्त्रालयले आगामी साउन ७ गतेसम्म अद्यावधिक गर्ने समय थप गरेकाले विद्यालयहरुले आफनो विवरण अध्ययन गरी विद्यार्थीसँग मेल नखाएमा यथाशिघ्र यकिन गरी कक्षागत रुपमा विवरण तयारी अवस्थामा राख्न समेत आग्रह गरेका छन् ।
बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी ४५ वटा विद्यालयका विद्यार्थी २०८० सालको एसईई परीक्षामा सहभागि भएका थिए ।
बालबिकास, मन्टेश्वरी र कक्षा १ मा मात्र आईएमआईएस प्रणालीमा नयाँ दर्ता हुन्छ भने अन्य कक्षाको जुन विद्यालयबाट आएको हो, उक्त विद्यालयले अर्को विद्यालयलाई स्थान्तरण गर्नुपर्ने जनाइएको छ ।








