झापा । गत २४ घण्टामा झापामा ९० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ५२ पुरुष र ३८ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चम्लागाईका अनुसार संक्रमितहरु दमकका ४९, बिर्तामोडका ३,मेचिनगरका ८, भद्रपुरका ७,कन्काईका ८,अर्जुनधाराका ४,कचनकवल,कमल , झापा र शिवसत्ताक्षिका २/२ ,हल्दिबारी र बुद्धशान्तिका १/१जना रहेका छन् भने अन्य जील्लाबाट आएका १ जना रहेका छन् ।
यो सँगै जील्लामा कूल संक्रमितको संख्या ३ हजार ३ सय ६१ पुगेको छ । आज झापामा कारोनाका कारण २ जनाले ज्यान गुमाएका छन् ।
Advertisement
ज्यान गुमाउनेमा भद्रपुर ८ का ७३ बर्षीय पुरुष र मेचीनगर ४ कि ८२ बर्षीय महिला रहेका छन् । योसँगै जील्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ ।








