• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा अङ्ग्रेजी शिक्षकको सम्मेलन, विषयगत समिति गठन


  •    संवाददाता/ बिहिबार, असार २१, २०८१  

  • अर्जुनधारा नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गराउने अङ्ग्रेजी शिक्षकहरूको दुई दिने सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले नगरस्तरीय अङ्ग्रेजी विषयगत समिति समेत गठन गरेको छ ।

    समितिमा संगीता खरेल डाँगी, रामचन्द्र आचार्य, ओम आचार्य, मिनीता काफ्ले, भद्र घिमिरे, प्रीतिका परियार र धरणीप्रसाद सुवेदी रहेका छन् ।

    Advertisement

    नगरपालिका क्षेत्रमा अङ्ग्रेजी विषय शिक्षणमा आइपर्ने समस्याहरू अङ्ग्रेजी शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने साथै नगरपालिकाको सहकार्यमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरू सञ्चालन गर्ने उद्देश्यका साथ नगरस्तरीय अंग्रेजी विषय शिक्षक सञ्जाल गठन गरिएको नगर शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिइन् ।

    Advertisement

    नगरमा पहिलोपटक अङ्ग्रेजी शिक्षकहरूको सम्मेलन गरी अङ्ग्रेजी भाषा शिक्षणमा देखापरेका समसामयिक समस्याहरू र त्यसलाई समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव तोयानाथ रेग्मीले बताए । उपसचिव रेग्मीका अनुसार दुई दिने सम्मेलन अत्यन्त फलदायी भएको र आगामी दिनमा समेत यस प्रकृतिका सम्मेलन तथा विषयगत गोष्ठीहरू नियमित रुपमा सञ्चालन गरिने उनको भनाइ थियो ।

    सम्मेलनको समापन समारोहमा नवगठित अङ्ग्रेजी विषय समितिले हरेक विद्यालयमा अङ्ग्रेजी विषय समिति गठन गर्ने र सोको जानकारी नगरस्तरीय विषयगत समितिलाई गराउने जानकारी दिएको थियो ।

    समापन समारोहलाई सम्बोधन गर्दै नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षकहरूको पेशागत अभिवृद्धि तथा गुणस्तरीय शिक्षा प्रदान गर्न नेल्टासँग आवश्यक विज्ञता तथा विज्ञ प्रशिक्षकहरू रहेको जानकारी गराउँदै नगरपालिकाले चाहेमा त्यस्ता सेवाहरू उपलब्ध गराउने जानकारी दिए ।

    शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत सुनिता भट्टराईले नगरपालिकाले शिक्षकहरू को गुणस्तर अभिवृद्धि गर्ने कुरामा कुनै पनि कसुर बाँकी नराख्ने तर शिक्षकहरूमा समेत जागरुकता र क्रियाशीलता हुनुपर्ने बताएकी छन् ।

    अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोग तथा अङ्ग्रेजी शिक्षकहरूको संगठन नेल्टा झापाको आयोजनामा सञ्चालित दुई दिने सम्मेलनको अध्यक्षता नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीले गरेका थिए ।

    उक्त सम्मेलनमा वरिष्ठ प्रशिक्षक रुद्रबहादुर थापा, जेनी राई, डा.भीक्टोर जोसेफ, धर्मेन्द्र भट्टराई, टिकाप्रसाद सुवेदी र टेकनाथ शर्मा वाग्लेले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.