• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्ध आदर्शका डिसिप्लिन इन्चार्जले विद्यार्थीलाई कुटेपछि…


  •    संवाददाता/ सोमबार, असार ११, २०८१  

  • झापाको बुद्धशान्ति-१ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत केही विद्यार्थीलाई डिसिप्लिन इन्चार्जले निर्घात पिटेका छन् ।

    विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको हो । कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन् । रबरको पाइप छियाछिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन् ।

    Advertisement

    कक्षामा हल्ला गरेको कारण देखाउँदै आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन् । कुटाइ खाने विद्यार्थीहरु बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन् ।

    Advertisement

    कुटाइ खाने एक विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि प्रहार गर्ने भण्डारीलाई सख्त कारबाहीको माग गरेकी छिन् ।

    विद्यार्थी कुटने डिसिप्लिन इन्चार्ज भण्डारी अहिले सम्पर्कबिहीन भएका छन् । उनको मोबाइल फोन अफ छ । भण्डारीको घरमा सम्पर्क गर्दा उनी घरमा पनि नरहेको भन्ने बुझिएको विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताए ।

    प्रधानाध्यापक भण्डारीले डिसिप्लिन इन्चार्जलाई विद्यार्थीलाई भौतिक सजाय दिन पाइँदैन भनेर पटक-पटक सम्झाएको बताए । प्रअ भण्डारीले भने, ‘उनलाई निष्कासन गर्ने विषयमा छलफल गर्दैछौं ।’

    विद्यार्थीले कुटाइ खाएको कुरा थाहा पाएपछि अभिभावकहरू आइतबार राति नै इलाका प्रहरी कार्यालय बुधबारेमा भेला भएर विद्यार्थी कुट्ने भण्डारीमाथि कानूनी कारबाहीका लागि दबाब दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.