• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा बौद्धिक प्रतिभा प्रदर्शनी


  •    संवाददाता/ आइतबार, असार १०, २०८१  

  • झापाको बिर्तामोडमा बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

    बिर्तामोड नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले बिर्तामोड नगर शिक्षा शाखाले शनिबार एक बृहद बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो । बिर्तामोडस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न पाँच विधाका बौद्धिक प्रतिभाहरूलाई प्रतिस्पर्धा गराइएको थियो ।

    Advertisement

    बिर्तामोड नगर शिक्षा शाखाका प्रमुख तिल्चन भण्डारीको अध्यक्षतामा सञ्चालित बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रमको उद्घाटन नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।

    Advertisement

    कार्यक्रमको उद्घाटन गर्दै उपमेयर संग्रौलाले विद्यार्थीहरूलाई गोरा किताबी ज्ञान मात्र नदिई उनीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन हुने किसिमका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

    उक्त कार्यक्रममा कक्षा ६ देखि ८ कक्षामा अध्ययनरत विद्यार्थीहरूले मादल बजाउने, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको लागि गायन प्रतियोगिता, कक्षा ४ र ५ का लागि दुना टपरी बनाउने प्रतियोगिता, कक्षा १ २ ३ का लागि चित्रकला प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आकस्मिक वकृत्वकला प्रतियोगिता सञ्चालन गरिएका थिए ।
    प्रतियोगितामा चित्रकलातर्फ सेन्ट जेभियर्स माविका रिक्सन शेर्पा प्रथम, नवोदय फनमिन स्कुलका सक्षम कार्की द्वितीय, गोमेन्द्र बिर्तामोडल स्कुलका युनिका राजबंशी तृतीय र न्युटन एजुकेसनकी अरविन पौडेल र कञ्चनजंगा बोर्डिङका रिहाना श्रेष्ठ सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

    यसैगरी गायनतर्फ न्युटन एजुकेसनका स्माइल बजगाई प्रथम, सुनगाबा बोर्डिङका पूजन बुढा क्षेत्री द्वितीय, कञ्चन बोर्डिङका रोजी शेख तृतीय तथा बुद्ध स्मृति बोर्डिङका प्रसुन गुरागाई र मनमाया माविका रोहीका तिम्सिनाले सान्तवना पुरस्कार प्राप्त गरेका थिए । 

    मादल बजाउने तर्फ न्युटनका संस्कार सापकोटा प्रथम, एमिटी बोर्डिङका अचेतन भट्टराई द्वितीय, वाल्मिकी बोर्डिङका हृदयराज खनाल तृतीय र ग्लोरी बोर्डिङका मौसम तिम्सिना र देवी माविका संजय प्याकुरेलले सान्त्वना पुरस्कार जितेका थिए । 

    यसैगरी दुना टपरी बनाउने प्रतियोगिता अन्तर्गत मनमाया माविका सोनिया लिम्बु प्रथम, महेन्द्र रत्न माविकि खुशबु शर्मा द्वितीय, दुर्गा माभिका प्रनिश पाठक तृतीय र ग्रिन फिल्डकी आहना प्रधान र रुद्र मेमोरियल स्कुलका अनिषा भट्टराई सान्तवना भएका थिए । 

    माध्यमिक तहतर्फ सञ्चालित आकस्मिक वक्तृत्वकला एक्सटेम्पर स्पिचमा बाल्मिकी एजुकेसनका हृदयप्रसाद शिवाकोटी प्रथम, निधि माविका श्रेयम शिवाकोटी द्वितीय, महेन्द्ररत्न माविकी प्रस्तुति भट्टराई तृतीय र मोहनमाया माविकी आयुश्री मिश्र र टावर टेम्पल स्कुलकी सोनाक्षी राई सान्तवना भएका छन् ।

    पाँचवटा विधामा सञ्चालित प्रतियोगितामध्ये चित्रकला प्रतियोगिता न्युटन एजुकेसन एकाडेमीमा शुक्रबार सञ्चालन भएको थियो । 

    समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईंले सा-साना बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्ने कार्यक्रम आयोजना गरेकोमा शिक्षा शाखा तथा विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको खोजी गर्न नगरपालिका सदैव तयार रहेको बताएकी थिइन् ।

    विजयी प्रतियोगीहरूलाई शिक्षक महासङ्घका अध्यक्ष युवराज कट्टेल, सचिव उमनाथ भण्डारी, दुर्गा माविका प्रधानध्यापक लक्ष्मण शिवाकोटी, सरस्वती माविका प्रधानध्यापक दीपक लुइँटेल, महेन्द्र रत्न माविका प्रधानध्यापक खड्गप्रसाद खरेल लगायतले पुरस्कार, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

    उक्त विभिन्न प्रतियोगिताको सञ्चालन लीलाप्रसाद भण्डारी, धर्मेन्द्र भट्टराई र देवेन्द्र हुमागाईं लगायतले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.