बिर्तामोड । समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाद्वारा निमार्णधिन बिर्तामोड–२ स्थित श्रीजय ड्रिमलेण्ड पार्क र दाहालगाउँ जोड्ने नवनिर्मित अजय पुलको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईलेले उद्घाटन गरेकी हुन् ।
सो पुल ढुंगाना दम्पतिले निजी लगानीमा निर्माण गरिदिएका हुन् । बिर्तामोड नगरपालिकाद्वारा पुल निर्माणको लागि बिनियोजित रकम समेत अस्वीकार गर्दै सम्पूर्ण पित्री तरणतारणको लागि भन्दै ढुंगाना दम्पत्तिले सो पुल निर्माण गरिदिएका हुन् । सो अवसरमा नगरप्रमुख प्रसाईले यस अघि पनि ढुंगाना दम्पत्तिले सामाजिक धार्मिक शैक्षिक तथा पर्यावरणको क्षेत्रमा धेरै काम गरिसकेका कारण समाजको मुर्धन्य व्यक्तित्व भएको बताइन् ।

यस्तै वडाध्यक्ष किशोरकुमार पौडेलले वडाको बजेट लाई बाटो स्तरोन्नति गर्न र पुलको निर्माण आफैले गरिदिने ढुंगानाको प्रस्ताव लाई धन्यवाद दिदै हातेमालो गर्दै पुल निर्माण गरिएको बताए । समृद्ध समाज निर्माणको लागि राज्यको मात्र बाटो हेर्ने सोच परिवर्तन गर्न समाजमा धेरै ढुंगाना दम्पत्तिहरुको आवश्यकता भएको वडाध्यक्ष पौडेलले बताए ।
कार्यक्रम नगरप्रमुख प्रसाईको प्रमुख आतिथ्य तथा शिक्षासेवी जयनारायण ढुंगानाको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा शंकराचार्य पीठ साधुटारका संस्थापक केदारप्रसाद खतिवडा, कनकाई क्याम्पस प्रमुख सुरेशकुमार चापागाँई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा कनकाई क्याम्पसका प्राध्यापक, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कनकाई माविका प्राचार्य विष्णु दाहालले गरेको थिए ।







