बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम संकलन शुरु भएको छ । संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरे ।

गत चुनावमा आफ्नो मुख्य एजेन्डा बनाएका निरौलाले आफ्नो जन्मदिनको अवसरमा सो कोषमा रकम जम्मा गर्दै अभियानको शुरूवात गरेका हुन् ।
बिर्तामोडका ब्यवसायीलाई बिपद् पर्दा सहयोग गर्ने उद्देश्यले संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको हो । उनले आफ्नो प्रतिबद्धता अनुसार आफैंबाट रकम जम्मा गरेर कोष सञ्चालनको शुरुवात गरिएको कोषाध्यक्ष निरौलाले बताए ।
व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष भित्र कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको र कार्यबिधी बनाएर कार्यक्रम लाई प्रभाबकारी बनाउने संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
उनले ‘जन्म दिनको अवसरमा संघका कोषाध्यक्ष निरौलाले आफैंले रकम जम्मा गरेर कोष सञ्चालनका लागि सक्रियता देखाउनु भएको अध्यक्ष न्यौपानेले बताए ।







