कोरोना संक्रमणका कारण झापामा आज थप एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय बृद्ध रहेका छन् ।
ति बृद्धको उपचारका क्रममा आज बिहान ७ बजे बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।
उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
Advertisement







