बिर्तामोड स्थित न्यूटन्स् एजुकेसन एकेडेमीको आयोजनामा तीन दिने शिक्षण सिकाइ क्षमता अभिबृद्धि सहजीकरण तालिम सुरु भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मञ्जु राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका पुर्व शिक्षा, युवा तथा खेलकुद अधिकृत दिनेश आचार्य रहेका थिए ।
तालिममा न्यूटन्स्, एभरेष्ट स्मार्ट र निदी माध्यमिक गरेर तीनवटा विद्यालयका १२० जना शिक्षकको सहभागिता रहेको प्रधानाध्यापक देवेन्द्र हुमागाईंले जानकारी दिए ।
तालिमको सहजीकरण पाटन ट्रेनिङ एण्ड रिसर्ज सेन्टरका विषय विज्ञ जनकराज पराजुली र मिश्रा अधिकारी र मेची बहुमुखी क्याम्पसका प्राध्यापक कुमार सुबेदी,राशिका पोख्रेल तथा राजन श्रेष्ठले गर्ने जनाइएको छ ।
तालिमको दोस्रो दिन शुक्रबार कक्षाकोठा व्यवस्थापन र सिकाई पद्धति तथा तेस्रो दिन शनिबार गणित शिक्षकहरूका लागि गणित वर्कसप दिइने छ ।
गणित विद्यार्थीहरुको पहिलो कठिन विषय भएकोले यसलाई रमाइलो अनि सजिलो तरिकाले कसरी शिक्षण गराउने र ल्याबको प्रयोग सम्बन्धी प्रशिक्षण दिईने बताईएको छ । शिक्षकको सिकाई अभिवृद्धिमा सहयोग पुग्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बतिइएको छ । ।







