बिर्तामोड ४ स्थित इडन गार्डेन स्कुलमा निर्वाचन प्रक्रियाबाट विद्यालय क्याप्टेन चयन गरिएको छ । बाल क्लब फोकल पर्सन गीताराम आचार्यले प्रमुख निर्वाचन आयुक्त भएर शुक्रवार निर्वाचन गराएका थिए । त्यस्तै प्राइमरी इन्चार्ज रविन सापकोटा मतदान अधिकृत रहेका थिए । मतदानबाट कक्षा ९ का साम्योग पुन २ सय ३ मतसहित विद्यालय क्याप्टेन निर्वाचित भएका छन् । कक्षा ४ माथिका २ सय ८१ विद्यार्थीले मतदानमा भाग लिएका थिए । २० मत बदर भएको थियो ।
लोकतान्त्रिक प्रणालीमा चुनावको महत्व बुझाउँदै आफ्नो मौलिक हकलाई अनिवार्य प्रयोग गर्न सिकाउने, साथै सामाजिक विषयमा आवश्यक रहेकाले विद्यालयले निर्वाचन प्रणालीद्वारा विद्यालय क्याप्टेन छानेको सह-प्रधानाध्यापक खेमराज आचार्यले बताएका छन् ।
Advertisement







