झापा । कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयमा स्कुल क्याप्टेन र भाईस क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ ।
२ सय ९ जना विद्यार्थीहरुले मतदानमा सहभागिता जनाएका थिए ।
बिर्तामोड ७ मा रहेको सो बिद्यालयमा क्याप्टेनमा छात्र तर्फ सरोज ढुङ्गाना र छात्रा तर्फ नेस्मा खातुन भाईस क्याप्टेनमा आर्यन अधिकारी र प्रेक्षा भट्टराई मत निर्वाचित भएको प्रधानाध्यापक दिपक चौलागाईंले जानकारी दिए ।

निर्वाचन शिक्षा र प्रयोगका बिषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो निर्वाचनमा कुल मतको ४ मत बदर भएको निर्वाचन अधिकृत लोकनाथ पकुवाले बताए ।
बिजयी उम्मेद्बार लाई ब्याज सहित जिम्मेवारी प्रदान गरिएको सह-प्रधानाध्यापक बद्री बास्कोटाले बताए ।
Advertisement







