• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रधानमन्त्री ओली पूर्वी सीमाक्षेत्रको निरीक्षण गर्दै इलाम आइपुग्ने कार्यक्रम स्थगित


  •    संवाददाता/ मङ्गलबार, मङि्सर ०२, २०७७  

  • प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी सीमाक्षेत्रको निरीक्षण गर्दै इलाम आइपुग्ने कार्यक्रम स्थगित भएको छ। पार्टी बैठक र व्यस्तताका कारण प्रधानमन्त्रीको सीमा अवलोकन कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले  जानकारी दिनु भयो ।
    प्रधानमन्त्री ओली आउँदो मंसिर ५ गते ताप्लेजुङको घुन्सा हुँदै इलामसँग जोडिएको भारतीय सीमाक्षेत्र आउने कार्यक्रम थियो। प्रधानमन्त्रीले नेपाल–भारत सीमाको जौबारीमा दिउँसो साढे १ देखि २ बजेसम्म रहेर सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।
    इलाम का प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएपछि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जौबारीको बिओपी उद्घाटन गर्ने बताउनु भयो । पूर्वी नेपालको भारतीय भू–भाग सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरमा अहिले धमाधम बिओपी स्थापना गरिँदैछ। पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ र सलकपुरमा बिओपी स्थापना भइसकेको छ। जौबारीमा ५ गते उद्घाटन हुँदैछ। मानेभञ्ज्याङमा चाहिँ बिओपी राख्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
    स्थापना गरिएका बिओपीमा इन्स्पेक्टरको कमान्डमा सुरक्षाकर्मीको टोली रहने भएपनि अहिले अधिकतरमा सब–इन्स्पेक्टरको कमान्ड रहेको पशुपतिनगर बिओपीका इन्स्पेक्टर नवीन खतिवडाले बताए। ‘मागअनुसार इन्स्पेक्टर अपुग भएर दरबन्दी पूरा भएको छैन,’ उनले भने, ‘आउँदो साउनपछि सबै बिओपीमा इन्स्पेक्टर आउन सक्छन्।’ सन्दकपुर, मेघमा, गोर्खे र माथिल्लो पाटापुरमा पनि बिओपी राख्न प्रस्ताव गरिएको उनले जनाए।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.