प्रहरीले झापाको मेचीनगरबाट २९ काटुन लाइटर बरामद गरेको छ ।
बुधबार साँझ अन्दाजी ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर-७ धनकुटे बस्तीमा परालको कुन्यूमा लुकाई छिपाई राखेको अन्दाजी २ लाख ९० हजार मूल्य बराबरको २९ काटुन लाइटर बरामद गरेको हो ।
लाइटर नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय नेपालबाट अबैधरुपमा भारततर्फ चाइनिज लाइटरको कारोवार बढेको छ ।
Advertisement







