• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहारा फुटबल एकाडेमीमा छनोट भएका झापाका दुई विद्यार्थीको विदाइ


  •    संवाददाता/ बुधबार, बैशाख २६, २०८१  

  • नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा छनोट भएका झापा अर्जुनधाराका दुईजना विद्याथीलाई विदाइ गरिएको छ ।

    हस्दा र मुर्मूलाई पाँच वर्षका लागि सहारा फुटबल एकाडेमीले छनोट गरेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए ।अर्जुनधारा-५ का मिसन हस्दा र अर्जुनधारा-११ का मिलन मुर्मू एकाडेमीमा छनोट भएपछि आज उनीहरुको विदाइ गरिएको हो ।

    Advertisement

    झापा बिर्तामोड-२ को एकता स्पोर्टिङ क्लबमा प्रशिक्षण लिँदै आएका मिसन हस्दा एन्फा अन्डर १३ मा छनोट भए पनि उनलाई सहारामा पठाइएको क्लबका अध्यक्ष किरण पौडेलले बताए ।

    Advertisement

    बिर्तामोड-२ को मोहनमाया माविमा कक्षा-५ मा अध्ययनरत हस्दा बुबा छैनन् । महारानीगञ्ज माविमा पढ्दै आएका मुर्मूका आमाबुवा छैनन् । लोपोन्मुख जाति सन्थालको सूचीमा रहेका उनीहरु विपन्न परिवारका सदस्य हुन् ।

    मामाका अनुसार एकाडेमीले फुटबलमा सम्भावना बोकेका आर्थिक अवस्था न्यून भएको परिवारबाट बाल अवस्थामा नै छनोट गरी खेलाडीको जिम्मा लिने गरेको छ ।

    विदाइका क्रममा झापा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारीले ट्र्याक सुट, झापा गोल्डकपले यातायात खर्चबापत नगद १० हजार, एकता स्पोर्टिङ क्लबले ट्र्याक सुट, बिर्तामोड २ र अर्जुनधारा ५ वडा कार्यालयले फुटबल बुट, संघका कोषाध्यक्ष भुपेन लिम्बू र सदस्य टेकराज तिलिङ ले २–२ जोर बुट, उपाध्यक्ष मनेष दाहाल र सदस्य अमिर श्रेष्ठले ब्याग तथा बिर्तामोडको जोया स्पोर्टसले खेल सामग्री उपलब्ध गराएका थिए ।

    चैत २९ र ३० गते भएको छनोटमा झापाबाट ३२ जना खेलाडी छनोट भएका थिए । अखिल नेपाल फुटबल संघको कार्यक्रमअनुसार अन्तिम चरणको छनोट कार्यक्रम बैशाख ८ गते भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.