थ्रेसरमा च्यापिएर झापाको बाह्रदशीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी ६ बालुवानीकी ४७ वर्षिया लीलादेवी चापागाई रहेकी छन् ।
शनिवार बिहान ८ः४५ मा भुपाल प्रसाईको मे १ त ६६ ०१ नंबरको ट्रयाक्टरमा जोडेर चलाइएको थ्रेसरमा धान झारीसकेपछि सुमेल्ने क्रममा फित्तामा उनको सारी बेरीएको थियो ।
सारीसँगै उनको शरीर पनि फित्तामा बेरीदा चापागाईको घट्नास्थलमै मृत्यु भएको जील्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
Advertisement
मृतकको शव पोष्टमार्टमका लागी मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घट्नाबारे अनुसन्धान भईरहेको थापाले बताउनुभयो ।







