• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाँउपालिकाका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति


  •    संवाददाता/ मङ्गलबार, बैशाख ११, २०८१  

  • झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    झापा गाउँपालिकाभित्र अध्ययनरत ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको गाउँ शिक्षा समिति अध्यक्ष एवं गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु थपलियाले जानकारी दिइन् ।

    Advertisement

    गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरेको कार्यवाहक अध्यक्ष थपलियाले बताइन् ।

    Advertisement

    कार्यवाहक अध्यक्ष थपलियाका अनुसार पालिकाले छात्रवृत्ति स्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार २ सय ५० रुपैयाँ र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार २ सय रुपैयाँका दरले साथै प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले रकम वितरण गरेको छ ।

    गाउँ शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालका अनुसार ११ र १२ पठनपाठन हुने जनकल्याण माविमा अध्ययनरत ५६ विद्यार्थी, डिल्लीराज माविमा अध्ययनरत ३५२ विद्यार्थी र जनता माविमा अध्ययनरत २२२ विद्यार्थीलाई पालिकाको निति तथा कार्यक्रममार्फत छुट्टाएको बजेटबाट पालिकामा आयोजित कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    झापा गाउँपालिका भित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा विद्यालय सञ्चालनमा रहेको शिक्षा प्रमुख ढकालले जानकारी दिए ।

    झापा गाउँपालिकाले विगत २०७५ सालदेखि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ भने विद्यार्थीलाई विद्यालय जाने वातावरण बनाउने उद्देश्यले प्रत्येक वर्ष कक्षा ९ मा अध्यनरत सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई साइकल समेत वितरण गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.