• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रहेनन् शिक्षा सेवी अधिकारी


  •    संवाददाता/ शनिबार, कार्तिक २९, २०७७  

  •  

    बिर्तामोड, कात्तिक २९ । शिक्षा सेवी इन्द्रप्रसाद अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ ।

    Advertisement

    वाह्रदशी गाउँपालिका – ३ राजगढ स्थायी बसोवास रही हाल बिर्तामोड– १ मा बसोवास गर्दै आउनु भएका अधिकारीको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तासिटीमा उपचारका क्रममा निधन भएको हो ।

    Advertisement

    केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बिर्तासिटी अस्पतालमा राखेर उपचार गरिदै आएको थियो । उहाँको उपचारकै क्रममा शुक्रवार साँझ ६ : ३० बजे निधन भएको हो ।

    तेह्रथुम जिल्ला साविक मुलपानी गाविस ढलेको वर भन्ने स्थानमा प.कोमल प्रसाद अधिकारी र तुलसादेवी अधिकारीका जेठा छोरा अधिकारी २०२० सालदेखि राजगढमा बसोवास गर्दै आउनु भएको थियो ।

    राजगढस्थित पशुपति माध्यमिक विद्यालयको स्थपनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका उहाँ सो विद्यालयको लामो समयसम्म अध्यक्ष पदमा रहेर काम गर्नुभयो ।

    इलाका हुलाक कार्यालय राजगढ, इलाका स्वास्थ्य चौकी राजगढ, इलाका प्रहरी कार्यालय राजगढको स्थापनामा समेत उल्लेख्य भूमिका निर्वाह गर्नु भएका अधिकारीकै पहलमा पशुपति माध्यमिक विद्यालय राजगढका लागि ९४ विगाह चार कठ्ठा जमिन उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो भने जनजागृति मावि गोल्धापका नाममा १७ विगाह दुई कठ्ठा र बोक्राझाडी प्रावि राजगढका नाममा चार विगाह १२ कठ्ठा जग्गा उपलब्ध गराउने समाजसेवी अधिकारीको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको छ ।

    २००४ साल असार २७ गते जन्मनु भएका अधिकारी ‘इन्द्र सचिव’का नामले परिचित हुनुहुन्थ्यो ।

    राजगढको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका अधिकारीले शिक्षा क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याएको भन्दै वाह्रदशी गाउँपालिकाले असोज १९ गते सम्मान गरेको थियो । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसहित सम्पूर्ण गाउँपालिका परिवारले अधिकारीकै निवासमा पुगेर सम्मान गरेको थियो ।

    शिक्षा सेवी अधिकारीका श्रीमती गीतादेवी रहनु भएको छ भने एक छोरा शौरभ अधिकारी हुनुहुन्छ । पाँच छोरीहरुमा सरस्वती,सरिता, सविता– मनोहर सुवेदी, कमला – गौरव सिंह र गोमा अधिकारी रहेका छन् ।

    अधिकारीको शनिवार विहान १० वजे कनकाई माईमा अन्त्येष्टि गरिने उहाँका भाइ गंगाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.