काठमाडौं –अन्तर्राष्ट्रिय बजारमाख्यातीप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपालभित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपालभित्र्याएको हो।
काठमाडौंको दरबारमार्गमाऔपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुमउद्घाटन गरिएको छ। कलाकारहरू ऋचाशर्मा, नीतिशाह, प्रशान्तताम्राकार र एलिजागौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेकाहुन्।
एशियाको दोस्रो ठूलो उत्पादनकम्पनी भेन्चुरिनीलाई नेपालमापहिलोपटक ल्याइएको हो। उद्घाटन कार्यक्रममाअभिनेत्रीऋचाशर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमाआउदातीउत्पादनसँग परिचितहुने मौकामिल्ने बताइन्।
दरबारमार्गस्थितवान दरबार मलमा राखिएको शो–रुममाजुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला)उपलब्ध रहेको भेन्चुरिनीलाई नेपालभित्र्याउने कम्पनीनवसमृद्धि इन्टरप्राइजेजकाअध्यक्षराजु थापाले बताएका छन्।
‘फुटवेयर र लेदरकाउत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्धहुनेछन्,सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीकाउत्पादनउपलब्ध गराउने छौँ,’ थापाले भने।
नवसमृद्धि इन्टरप्राइजेजकानिर्देशन सुरज केसीकाअनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने छ। एक महिनाभित्रपोखरामा भेन्चुरिनीविस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी,हेटौँडा रबुटवलमा एक वर्षभित्रविस्तार गरिने छ।’
इटालियन प्रिमियम ब्रान्डतथाबंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपालीउपभोक्ताले लाभलिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए।
‘भेन्चुरिनीकाउत्पादनमा गुणस्तरलाई विशेष ध्यानदिइएको छ, नेपालीउपभोक्तामाथिभेन्चुरिनी चाँडै लोकप्रियहुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भने।
कोरोनाप्रकोपकाकारण व्यापारको शैलीबदलिएकाले अबअनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्रीवितरण गरिने उनले बताए।
कलाकारहरूले के भने?
भेन्चुरिनीको शो–रुम उद्घाटनगर्दै कलाकार ऋचाशर्माले नेपालमाअन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राखिन्।
विश्वव्यापीकरणको प्रभाव स्वरुपअन्तर्राष्ट्रियबजारमाउपलब्ध सामग्री नेपालीबजारमा परिचित गराउँदाउत्पादन र उपभोक्तालाई लाभहुने शर्माको धारणा छ।
‘म ब्रान्डप्रति त्यतिकन्सियस छैन, जुन राम्रो र सजिलो लाग्छ, त्यहीप्रयोग गर्छु,’शर्माले भनिन्, ‘हामीले गुणस्तरमाध्यान दिनुपर्छ, भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई ध्यानदिएकाले नेपालीउपभोक्ताले लाभलिन सक्ने मैले पाएकी छु।’
मोडल तथाअभिनेत्रीनीतिशाहले अन्तर्राष्ट्रिय बजारकाउत्कृष्टउत्पादनहरूलाई नेपालमाआउँदाउपभोक्तालाभान्वितहुने धारणा राखिन्।
त्यसैगरी, अभिनेत्रीएलिजागौतम र कलाकार प्रशान्तमालाकारले भेन्चुरिनीअन्तर्राष्ट्रिय बजारमालोकप्रिय ब्रान्ड रहेकाले नेपालीउपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको संयोजन नेक्स्ट मोडल नेपालले गरेको हो। नेक्स्ट मोडल नेपालकाअध्यक्ष रविधमलाले एशियाको दोस्रो ठूलो उत्पादनकम्पनी भेन्चुरिनी ब्रान्डनेपालीउपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे।
‘फेन्चाइज रुपमा नेपालभित्रिएको भेन्चुरिनीब्रान्डले गुणस्तरलाई उच्चप्राथमिकतामा राखेकाले उपभोक्ताले अधिकलाभलिन सक्नेमाविश्वस्तहुन सकिन्छ,’धमलाले भने।







