झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डशनको हाताभित्र निराहार सातदिने भूतपस्यामा बसेका साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले सात दिने भूतपस्या पूरा गरेका छन् ।

मनोक्रान्तिका प्रवर्तक डा. योगी विकाशानन्दले जुस पिलाएर साधक लिम्बूलाई भूतपस्याबाट निकालेका हुन् ।
भूतपस्याबाट निस्किएका साधक लिम्बूले गुरुको शक्ति र दृढ इच्छाशक्तिका कारण तपस्या पूर्ण भएको बताए । उनले अद्भुत शक्ति प्राप्त भएको महसुस गरेको छ बताए
कार्यक्रममा डा. योगी विकाशानन्दले मनभित्रको लडाइँलाई जो कोहीले जित्न सक्ने बताए ।
कार्यक्रमम स्थलमा आयोजना गर्न लागिएको ‘फायर वक’ (आगोमाथि हिँड्ने कार्य) का लागि डा. योगीले आगोमाथि हिँड्न चाहनेहरुलाई हिप्नोसिस गराएका थिए छनोट भएकाहरुले आगोमाथि हिँडेका थिए ।
डा. योगी विकाशानन्दका साथमा रेकी ग्राण्ड माष्टर कमलेश्वरी आनन्दको समेत सहभागिता थियो । सँगै अन्य अनुयायी र हेर्न आउनेहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका व्यवस्थापक तथा फक्तालुङ एजुकेसन फाउन्डेसनका संस्थापक ओमविक्रम नेम्बाङले मानिसहरुलाई सत्मार्गमा डोहोर्याउनका कार्यक्रम गरिएको बताए ।
मनोक्रान्तिका विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्वाङले कार्यक्रमको सहजीकरण गरेका थिए ।
डा.योगी विकाशानन्दले “संसारलाई बदल्नु छ, शुरु आफैंबाट गर्नु छ” भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसम्म पुर्याउन नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरिरहहेका छन् ।
तिलकले पूरा गरे ७ दिने भूतपस्या
तिलकले पूरा गरे ७ दिने भूतपस्या
Advertisement
तपाईको प्रतिक्रिया







