• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खेताला शिक्षकको भरमा बिद्यालय


  •    / सोमबार, चैत १९, २०८०  

  • झापा । झापाको बुद्धशान्ती गाउँपालिका -२ मा संचालित जन आदर्श बाल बिकास केन्द्रमा दरबन्दी रहेकी शिक्षिका हेमन्ता दाहाल (भण्डारी) ले कानुन विपरीत विगत ६ वर्षदेखि खेताला शिक्षिका राखेको पाइएको छ।

    अघिल्लो ४ बर्ष सम्म बुद्धशान्तिकै अनिता काफ्लेलाई न्युनतम पारिश्रमिकतामा खेताला शिक्षिकाको रुपमा प्रयोग गरेकी हेमन्ता दाहाल भण्डारीले बिगत २ बर्ष देखि भावना अधिकारी (भट्टराई)लाई खेताला शिक्षिका को रुपमा कानुन विपरीत काममा लगाएको र श्रम शोषण समेत गरिएको पाइएको छ।

    Advertisement

    शुरुआत चरणमा हाल कार्यरत शिक्षिका भावना अधिकारी (भट्टराई) लाई मासिक ४०००/- पारिश्रमिकता दिने गरेको र हाल बढाएर ५ हजार रुपैयाँ दिने गरेको बुझिएको छ। हाल कार्यरत शिक्षिका भावना अधिकारी भट्टराई उक्त पदमा योग्य र लाइसेन्स प्राप्त शिक्षिका भएको भएपनि राजनीतिक आड र पहुँचका भरमा उनलाई श्रम शोषण गरेर त्यहाँको दरबन्दीमा रहेको तलब हेमन्ता दाहाल (भण्डारी ) ले लिने गरेको पाइएको छ।

    Advertisement

    यसअघि हेमन्ताले स्थानीय सुशीला रिजाल (निरौला) लाई समेत १५ महिना काम लगाएर पारिश्रमिकता नदिएको विषय समेत विशेष स्रोतबाट सुचना प्राप्त भएको छ।

    यस विषयमा पालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले भने आफू अनविज्ञ रहेको बताएका छन। बेलाबेला अनुगमन गर्नुपर्ने तपाईंहरुको दायित्व होइन र ! भन्ने हाम्रो जिज्ञासाको जवाफ दिँदै निरौलाले भने,- “हामीले अनुगमन गरेका हौँ । निजि स्रोतबाट शिक्षिका राखेको भन्ने थियोे तर खेताला शिक्षिका राखेको बारे भर्खर सुन्दैछु।”

    स्थानीय वासिन्दाका अनुसार स्थापनाकालदेखि नै हेमन्ताले अन्य व्यक्तिलाई शिक्षिकाको रुपमा खडा गर्ने गरेको तर तलब भने उनले आफैं लिने गरेको आरोप लगाएका छन्,। कानुनको दुरुपयोग गर्दै पटकपटक खेताला शिक्षिका प्रयोग गरेर श्रम शोषण गर्ने निज हेमन्तालाई कारबाही गरि उक्त पदमा हाल कार्यरत शिक्षिकालाई नियुक्त गर्न समेत स्थानीयले माग गरेका छन्।

    हामीले यस विषयमा बुझ्नका लागि निज शिक्षिका हेमन्ता दाहाल (भण्डारी ), आदर्श माविका प्रधानाध्यापक करुण पराजुली , बालविकास केन्द्रका अध्यक्ष खगनाथ सापकोटा लगायतलाई सम्पर्क गरेका थियौं । तर आदर्श माविका प्रअको फोन रिसिभ भएन भने हेमन्ता दाहाल (भण्डारी ) र खगनाथ सापकोटाको फोन सम्पर्क हुन सकेन। हामी यस विषयमा निरन्तर फलोअप गर्नेछौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.