• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा १ सय ११ जना कुष्ठरोगी रहेको तथ्याङ्क सार्वजनिक, जिल्लाभर १५७ जना थपिए


  •    संवाददाता/ शुक्रबार, चैत १६, २०८०  

  • बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना रहेको पाइएको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोज पड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँगको अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराइएको हो ।

    स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १११ जना पुगेको जानकारी दिएका हुन् । जसमा सबैभन्दा बढी वडा नम्बर ३ मा १९ जना रहेका छन् । यस्तै वडा नम्बर १ मा १३ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ४ मा १४ जना, वडा नम्बर ५ मा १६ जना, वडा नम्बर ६ मा ६ जना, वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा १३ जना, वडा नम्बर ९ मा ६ जना र वडा नम्बर १० मा १३ जना कुष्ठरोगीहरु रहेको तथ्याङ्क छ ।

    Advertisement

    कार्यालय प्रमुख बाराकोटीले कुष्ठरोगीले औषधी पूरा मात्रामा सेवन गरे अरुलाई सार्न र अङ्ग भङ्ग हुनबाट बच्ने जानकारी दिए । उनले समाजमा कतिपय रोगीहरु गलत धारणाका कारण लुकेर बस्ने गरेकोले पनि कुष्ठरोग नियन्त्रणमा समस्या देखिएको हो ।

    Advertisement

    यस्तै नेपाल कुष्ठरोग संगती (एनएलएफ) झापाका कार्यक्रम संयोजक दिपक घिमिरेले विगत २०५७ सालदेखि एनएलएफले नेपाल सरकारको कुष्ठरोग नियन्त्रण कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको जानकारी दिए । उनले झापामा कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए ।

    एनएलएफले बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा कुष्ठरोगका विषयमा जनचेतनामुलक कार्यक्रम र रोगको संक्रमण भए नभएको चेकजाँचका लागि स्क्रिनिङ गर्ने कार्य गर्दै आएको छ ।

    बिर्तामोडलाई कुष्ठरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत प्रथम चरणमा वडा नम्बर १, ४, ५, ६ र ८ लाई प्राथमिकता दिएर अभिमुखिकरण कार्यक्रम गरिएको बिर्तामोडका कुष्ठरोग फोकल पर्सन दिपक सापकोटाले बताए ।

    प्रति १० हजार जनसंख्यामा आर्थिक वर्ष २०७९÷८० को अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप (प्रिभिलेन्स) दर झापाको १ दशमलव ६० रहेको छ । यो कोशी प्रदेशकै सबैभन्दा बढी भएको जनाइएको छ ।

    अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, राहुल शर्मा, रोहित प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नगर अस्पतालका प्रमुख डा. सुनिल अधिकारी, कार्यपालिका सदस्य, वडा सदस्य लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमलाई स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी र एनएलएफ झापाका कार्यक्रम संयोजकले सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.