• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

डोमालाल राजवंशीको घर र सालिक बनाउने झापा गोल्डकपको घोषणा


  •    संवाददाता/ आइतबार, फागुन २७, २०८०  

  • झापा गोल्डकप व्यवस्थापनले डोमालाल राजवंशी रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको सालिक र उनको परिवारका लागि घर बनाउने घोषणा गरेको छ ।

    झापा गोल्डकपको यो घोषणासँगै राजवंशीको घर निर्माणका लागि दाताहरूले सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । विभिन्न क्षेत्रका व्यक्तिले राजवंशीको घर निर्माणका लागि सघाउने प्रतिबद्धता जनाएका हुन् ।
    राजवंशीको घर निर्माणका लागि अहिलेसम्म सात लाख रूपैयाँकाे प्रतिबद्धता प्राप्त भएको झापा गोल्डकप व्यवस्थापनले जनाएको छ । झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत आफैँले ५१ हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

    Advertisement

    युवा व्यवसायी राजीव धिमालले आफ्ना स्वर्गवासी पिता नरेशमान धिमालको स्मृतिमा एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायीकरण श्रेष्ठ र समिल राईले पनि राजवंशीको घर बनाउन २५-२५ हजार सहयोग गर्ने वचन दिएका छन् ।

    Advertisement

    अध्यक्ष बस्नेतको अभियानमा जोडिँदै सुधाकुमार र रविन श्रेष्ठले जनही ५१ हजार, सञ्चारकर्मी गणेशमान र इन्द्रजित मुखिया तथा भूमिका लिम्बुले पनि ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

    क्षमादेवी युपीभिसीका सञ्चालक गणेश पौडेलले घर निर्माणमा लाग्ने झ्याल सहयोग गर्ने वचन दिएका छन् । दाताको परिवारलाई उपेक्षा गरिएको गुनासोसहित यसअघि राजवंशी विकास प्रतिष्ठानले झापा गोलकप आयोजक समिति र बिर्तामोड नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।

    राजवंशी विकास प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीका अनुसार घर निर्माणका लागि राजवंशी समुदायको समेत सहयोग जुटाउन थालिएको छ । झापा गोल्डकपले स्वर्गीय डोमालालको स्केच सार्वजनिक गर्दै उनको सालिक पनि बनाइदिने घोषणा गरेको छ ।

    झापा गोल्डकपको छैठौँ संस्करण उद्घाटनका अवसरमा डोमालाल राजवंशीको परिवारलाई समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलब्ध गराइएको १ लाख रुपैयाँ झापा गोल्डकपका तर्फबाट हस्तान्तरण गरिएको थियो ।

    डोमालाल राजवंशीले रङ्गशाला भएको ठाउँमा करिब १३ बिघा जग्गा दान गरेका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति, नातिहरू भीम र छवि राजवंशी रङ्गशालाको पश्चिम पट्टि झुप्रो बनाएर बसेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.