• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सहयोग जुटाएरै मदरसा भवन निर्माण


  •    संवाददाता/ आइतबार, फागुन २७, २०८०  

  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिर्तामोड–३ मा मदरसा तालिमुल कुरानको भवन शिलान्यास गरेका छन् । कोशी प्रदेश सरकारको ४० लाख र ८ लाखको श्रमदान गरी कुल ४८ लाखको लागतमा निर्माण हुने ४ कोठे भवनको मुख्यमन्त्री कार्कीले शनिवार शिलान्यास गरेका हुन् । मदरसाको लागि ४ कठ्ठा १८ धुरको जग्गा घेरावारा गरिएको छ । सोही जग्गामा भवन निर्माण भइरहेको हो । त्यस जग्गा खरिद गर्नका लागि अहिलेसम्म ६६ लाख ९० हजार रुपैयाँ तिरिसकेको र अझै ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको मदरसाका अध्यक्ष अफ्रोज खानले बताए । उनले आर्थिक सहयोग संकलन गरेरै सो रकम जुटाइएको र भवन पनि त्यसरी नै निर्माण हुने बिश्वास व्यक्त गरे । कक्षा ६ सम्म उर्दु र अरविकसहित अंग्रेजी माध्यममा पठनपाठन भइरहेको सो मदरसामा २१० जना विद्यार्थी अध्ययनरत रहेका छन् । मदरसाको आफ्नै भवन नहुँदा अहिले मस्जिदको भवनमा मदरसा संचालन भइरहेको छ ।

    मदरसा तालिमुल कुरानका अध्यक्ष अफ्रोज खानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की , बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । मदरसा तालिमुल कुरानकी प्रिन्सिपल अन्जुम खातुनले स्वागत गरेको कार्यक्रमको सञ्चालन तेन्जिमा खातुनले गरेकी थिइन् ।

    Advertisement

    शिलान्यास कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मा,५ का वडाध्यक्ष रोहित प्रसाई, ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड साना शहरी तथा खानेपानीका सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, माओवादी केन्द्रका जगन्नाथ भट्टराईलगायतको आतिथ्य रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.