• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वक्तृत्वकला प्रतियोगितामा कृतिका प्रथम


  •    संवाददाता/ बिहिबार, फागुन २४, २०८०  

  • बिर्तामोड नगरपालिकाले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छन् ।दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् ।
    यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोस्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बिना खतिवडा तेस्रो र एमिटी माध्यमिक विद्यालयमा कक्षा ११ मै अध्ययनरत बानिरा ओली सान्त्वना भएका छन् ।

    प्रतियोगिताका विजेताहरुले क्रमशः ७ हजार, ६ हजार, ५ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, महिला बालबालिका शाखा संयोजक यमुना आचार्य, कार्यपालिका सदस्य निर्मलादेवी सुनारलगायतले माला लगाइदिएर प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको निर्णायकमा मिलनकुमार ढुंगाना र विद्या रेग्मी रहेका थिए ।

    Advertisement

    कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हकअधिकारका विषय कार्यान्वयन नहुँदा महिलाहरु पीडित बनेको बताइन् । पाएको अधिकार कार्यान्वयनका लागि सबैको हातेमालो हुनु पर्नेमा उनको जोड थियो । सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाहरु अग्रसर भएर निर्णय गर्न सक्ने ठाउँमा पुग्नु पर्ने भन्दै नगर प्रमुख प्रसाईले अर्थोपार्जनका लागि उत्पादनमा पनि ध्यान दिनु पर्ने बताइन् । नगर प्रमुख प्रसाईले नगरपालिकाले गरेका गतिविधिका बारेमा नकारात्मक टिप्पणीभन्दा पनि सकारात्मक ढंगले सुझाव दिन सबैलाई आग्रह गरिन् ।

    Advertisement

    कार्यक्रममा दिपा भण्डारीले नारी संकल्प शिर्षकको कविता प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, बिर्तामोड नगरपालिकाकी कानूनी सल्लाहकार कमला आचार्य, महिला मुक्ति अभियान अध्यक्ष राधा सुव्वा, वीरता लेडी जेसीसकी अध्यक्ष मेनुका ओली, एबीसी नेपालकी अध्यक्ष कन्चना सिटौला, सी लिड्सकी सम्झना पोख्रेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.