• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लागूऔषध विरुद्ध सचेतना जगाउँदै दारी ग्याङ्ग


  •    संवाददाता/ बिहिबार, फागुन १७, २०८०  

  • झापा । सामाजिक कार्यमा सक्रिय युवाको संगठन दारी ग्याङ झापा पछिल्लो समय सामाजिक कार्यमा अग्रसर हुदै आएको छ । करिब ७ वर्ष अघिबाट सामाजिक कार्यमा सक्रिय दारी ग्याङले समाजका विभिन्न सामाजिक गतिविधि, युवाहरुको व्यक्तित्व तथा क्षमता अभिवृद्धि, रक्तदान, सरसफाई, सहयोग लगायतका कार्यमा योगदान पुर्‍याउदै आएको छ ।
    बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा परिवर्तन थिएटर काँकरभिट्टाको सहकार्यमा नाटक मञ्चन गरिएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताएका छन् ।
    बुद्धशान्ति–१ मा अवस्थित सीतारमेश बहुमुखी क्याम्पसबाट सुरुवात गरिएको नाटक बुद्धआदर्श माध्यमिक विद्यालय र बुद्धशान्ति–३ स्थित बुधबारे चोकमा गरी दुई शैक्षिक संस्था र एक सार्वजनिक स्थलमा नाटक मञ्चन गरिएको थियो ।
    सीतारमेश बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुमाझ लागूऔषध दुव्र्यसन विरुद्धको सचेतनामुलक नाटक मञ्चन गरिएको थियो । कार्यक्रममा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्य तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल, क्याम्पस सञ्चालक समिति अध्यक्ष जयप्रसाद भण्डारी, सञ्चालक सदस्य मनेश दाहाल, दारी ग्याङ केन्द्रीय सदस्य नुतन ढकाल सहित दारी ग्याङ झापाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

    यसैगरी बुद्ध आदर्श मावि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, कक्षा १० सम्मका विद्यार्थी र कर्णाली एजुकेसन फाउन्डेसनका कक्षा ११ र १२ का बिद्यार्थी सहभागी रहेको नाटकमा बुद्धशान्ति वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारी, विद्यालय प्रधानाध्यापक कृष्णराज भण्डारी लगायतको उपस्तिथी रहेको थियो ।
    वडा नम्बर ३ स्थित बुधबारे चोकमा तेस्रो नाटक मञ्चन गरिएको छ वडा नं ६ का वडाध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्य, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद उप्रेती, बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देव, चन्द्रप्रकाश कोइराला, कृष्ण खतिवडा, गणेश खरेल, राजु उप्रेती, इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    तीनै स्थानमा भएको कार्यक्रमको स्वागत सहित कार्यक्रमको औचित्यमाथी दारी ग्याङ झापाका अध्यक्ष पौडेलले प्रकाश पार्दै लागुऔषध सेवनले युवाहरुलाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्रलाई नै हानी गरिरहेको हुँदा यसबाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ यो नाटक मञ्चन गरिएको बताएका छन् । कार्यक्रमको सञ्चालन सचिव विवेक सुन्दासले गरेका थिए । कार्यक्रमको संयोजन दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.