विर्तामोड | बिराट अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको आयोजनामा (मंगलबार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र व्लड डोनर्स सोसाइटी नेपालको सहयोगमा मुक्तिचोक दुर्गापरिसरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रमको बिर्तामोड नगरपालिका ४ का वडाअध्यक्ष राहुल शर्माले उद्घाटन गरे । व्लडको आवश्यकता परेका बिरामीहरुको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष नविन खरेलले बताए । उनले हरेक वर्ष बिराट अर्जुनले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गरिँदै आएको जानकारी दिए ।
कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाका अध्यक्ष सन्तोष अग्रवाल, उपाध्यक्ष शुभ कुमाई पाठक, चलचित्र पत्रकार संघ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारी, सचिव एकराज प्रधान लगायतको आतिथ्य रहेको थियो ।







