• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा राष्ट्रपति रनिङ शिल्डको फेरि च्याम्पियन


  •    संवाददाता/ मङ्गलबार, फागुन ०८, २०८०  

  • झापाका १५ वटा पालिकाबीच भएको झापा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अर्जुनधारा नगरपालिका फेरि च्याम्पियन बनेको छ ।अर्जुनधाराको विभिन्न ५ स्थानमा भएको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा नगरपालिका दोस्रो पटक च्याम्पियन बनेको हो । झापा जिल्लास्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि अर्जुनधारा च्याम्पियन बनेको थियो । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र १२ कास्यसहित रनिङ शिल्ड उचालेको हो । अर्जुनधाराले सबैभन्दा बढी एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ३ कास्य, करातेमा ४ स्वर्ण र १ कास्य, तेक्वान्दोमा ३ स्वर्ण, ६ रजत र ३ कास्य पदक पाएको थियो ।

    यस्तै, उसुमा १ स्वर्ण, ७ रजत र ४ कास्य र भलिबलमा १ कास्य जित्दै फेरि च्याम्पियन बनेको हो । अर्जुनधारापछि मेचीनगरले दोस्रो स्थान हासिल गरेको छ । उसले ११ स्वर्ण, १२ रजत र १३ कास्य प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गरेको हो । मेचीनगरले सर्वाधिक उसुमा ५ स्वर्ण प्राप्त गर्दा एथलेटिक्समा ४ स्वर्ण, भलिबल र करातेमा १–१ स्वर्ण जित्न सफल बन्यो । यसैगरी, तेस्रो स्थानमा बिर्तामोड नगरपालिका रह्यो । उसले ८ स्वर्ण, ८ रजत र १३ कास्य पदक जित्दै तेस्रो बनेको हो । उसका लागि सर्वाधिक उसुमा ४ स्वर्ण जितेको छ ।

    Advertisement

    यस्तै, कराते र एथलेटिक्समा २–२ स्वर्ण जितेको हो । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरुमा ४१८ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जिल्लाभरिका १८ वर्षमुनिका छात्रछात्रा गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    Advertisement

    झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को अध्यक्षतामा भएको समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका प्रतिनिधिलगायतले विजेताहरुलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.