• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फक्ताङलुङ एजुकेसनले मनायो १४ औं वार्षिकोत्सव


  •    संवाददाता/ मङ्गलबार, फागुन ०८, २०८०  

  • झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा आयोजित वार्षिकोउत्सवमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

    विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको नृत्य, वार्षिकोत्सवमा पिइएफ आइडल सिजन वानको ग्रान्ड फिनाले पनि सम्पन्न गरिएको थियो ।
    गायन तर्फको फिनालेमा विद्यार्थी शिखा सेन्चुरी प्रथम, नामसाङ चेम्जोङ दोस्रो र प्रवेश संग्रौला तेस्रो बनेका छन् । ग्रान्ड फिनालेमा न्युसन राई र दीपक रायमाझीले निर्णयको भूमिका निर्वाह गरेका थिए ।

    Advertisement

    कार्यक्रममा उत्कृष्ट विद्यार्थी इना राई, हिमाल शिवाकोटी, उत्कृष्ट शिक्षक दुर्गा लुँइटेल, कुसुम भुजेल, उत्कृष्ट अभिभावक खगेन्द्र योङहाङ, विमला न्यौपाने, अमृत विश्वकर्मा, बविता उप्रेती, चन्द्रकला श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी विद्यालयका कर्मचारी खिना गौतमलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ओमविक्रम नेम्वाङले जानकारी दिए ।

    Advertisement

    समारोहमा प्रमुख अतिथि पोखरेल, नेशनल प्याब्सन केन्द्रीय सदस्य सञ्जीव राई, कनकाई ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला लगायतले मन्तव्य राखेका थिए ।
    प्रधानाध्यापक नेम्वाङले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत विद्यार्थी जिज्ञासा दाहालले गरेकी थिइन ।

    कार्यक्रम विद्यालयका साहयक प्रधानाध्यापक लक्ष्मी अधिकारीले सञ्चालन गरेका थिए भने सांगीतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरू रिजन तिम्सिना र सुवास पौडेलले गरेका थिए ।
    वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरू द्वारा तयार पारिएको चित्रकला र रोबोटिक्स (विज्ञान प्रर्दशनी) गरिएको थियो ।

    विद्यालयका प्रधानाध्यापक नेम्वाङको भनाई अनुसार ‘फक्तालुङले विद्यार्थीहरूलाई ध्यान, नृत्य, गायन, चित्रकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरू गराउँदै आएको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.