• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिका लक्षित बिर्तामोड खेलकुद महोत्सव हुने


  •    संवाददाता/ बिहिबार, माघ २५, २०८०  

  • बिर्तामोड, २५ माघ : बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा फागुनमा महोत्सव आयोजना गर्न लागिएको हो ।

    खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकूद समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकूदसंग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नोकर लगायतका खेलहरु हुने नगर खेलकूद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिए ।

    Advertisement

    प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुमात्रै सहभागी हुन पाउने नगर खेलकूद विकास समितिका सचिव विसन लिम्बुले जानकारी दिए । कक्षा ८ देखि १२सम्मका विद्यार्थीले प्रतियोगितामा प्रतिश्पर्धा गर्ने छन् ।

    Advertisement

    महोत्सवमा शिक्षक, अभिभावक र कर्मचारीहरुका बीच केहि मैत्रीपूर्ण खेलहरु खेलाइने योजना रहेको नगर खेलकूद विकास समितिका सदस्य तथा महोत्सवका सह-संयोजक विशाल अग्रवालले जानकारी दिए ।

    प्रतियोगिता व्यवस्थित बनाउन विषयगत विज्ञहरुसंग छलफल र तयारी भईरहेको आयोजकले जनाएको छ । महोत्सवलाई अझै व्यवस्थित बनाउन विद्यालय तथा केहि नीजि क्षेत्रको पनि सहयोग रहने जनाइएको छ ।

    महोत्सव अन्तर्गतकै प्रश्न उत्तर कार्यक्रम भने सबै विद्यालयमा पुगेर यहि महिनाको अन्तिम देखि सुरु गर्ने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.