झापा । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल फर्किएकी छन् ।
आज गृहनगर झापा आएकी पौडेललाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत गरेका छन् । झापामा स्वागतपछि पौडेलले प्रतियोगितामा आफुले धेरै कुरा सिक्ने मौका पाएको बताइन ।
पौडेललाई आजै झापामा अभिनन्दन गरिएको छ । रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै बिर्तामोडमा रहेको सप्तक संगीत विद्यालयले अभिनन्दन एवम् सम्मान गरेको हो । उत्कृष्ट–१० मा छनोट हुन सफल भएकी उनी आइतबारको एपिसोडमा शोबाट बाहिरिएकी थिइन् । पौडेल विसं २०५५ सालमा झापाको हल्दीवारी– ४ मा जन्मेकी थिइन् ।
उनले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुति दिएकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् ।







