बिर्तामोड । स्तरीय शिक्षा प्रदान गर्दै आएको बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमी सामाजिक उत्तरदायित्वतर्फ पनि अगाडि देखिएको छ ।

विद्यालयमा करिव १६ सय विद्यार्थी अध्ययनरत रहेकोमा त्यसमध्ये १२० जना विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका विद्यार्थीहरुलाई ५५ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए । ‘ विद्यालयमा सबैखाले विद्यार्थी अध्ययनरत छन् ’उनले भने,‘गरिव तथा जेहेन्दार गरी १२० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौं ।’
बिद्यालयको २१ औं बार्षिक उत्सवको अवसरमा बोल्दै बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले यस वर्ष ५२ लाख ४४ हजार रुपैयाँ राज्यलाई कर बुझाएको छ । आर्थिक वर्ष २०७९–०८० मा बिर्तामोड नगरपालिकामा घरबहाल कर र नवीकरण शुल्कवापत ४ लाख ,आन्तरिक राजस्व कार्यालयमा १६ लाख १८ हजार, भ्याटतर्फ २८ लाख ७६ हजार र सवारीसाधनतर्फ वार्षिक कर ३ लाख ५० हजार रुपैयाँ कर तिरेको जानकारी दिए । २०६० सालमा स्थापना भएको सो विद्यालयले बालक्लब , टुरिजम क्लब , स्काउटमा आवद्ध गराई विभिन्न सामाजिक कार्यमा अग्रसर गराएको छ ।







