कृषि ,हरेक नेपालीको पुर्खौली पेशा मानीन्छ । समय रुपान्तरणसंगै पेशा र ब्यबसाय परिवर्तन हुँदै गईरहेको अवस्था छ ।
आज मानीसहरुको जागिर,ब्यापार र वैदेशिक रोजगारी मुख्य आम्दानी बन्दै गएको छ। तर झापा मेचिनगर नगरपालिका ३ का देबु बानियाँ भने पेशाले शिक्षक तथा पत्रकार भए पनि यति बेला कृषि पेशामा सकृय भएका छन् ।
लामो दमय देखि सामाजिक रुपमा सकृय बानियाँ दुई दाजु भाइ र बुवा आमाको सहयोगमा घरमै बाख्रा पालन शुरु गरेर उदाहरणीय युवा बनेका छन् । नेपालमा भारत भुटान बाट बाख्रा कुखुरा आयत हुन थाले पछि र पछिल्लो समय मूल्य पनि राम्रो पाउन थालेकाले किसान यसतर्फ आकर्षित बनेका हुन् ।

दिउँसोको समय बिद्यालय जाने र बिहान बेलुका घरमा बाख्रा गाइको हेरचाह गर्ने गरेको बानियाँ बताउछन् । सभ्यता कृषि फर्म दर्ता गरेर हाल ४५ वटा बाख्रा हास ,कुखुराको व्यावसायिक रुपमा फर्म संचालन गर्दै छन् ।आठ बर्ष वैदेशिक रोजगारीमा रहेका भाइ अबिनास घर फर्किएर अब बिदेश नजाने भए पछि र बिदेशको कर्म र श्रम आफ्नै माटोमा गर्ने अठोट लाई उर्जा दिन कृषि पेशा अपनाइएको बताउछन् ।
अबिनास भन्छन् : ”बिदेश भनेको बल र तागत हुन्जेल मात्र हो ,यतै केहि गरियो भने परिवार संगै दु:ख सुख केही गर्न सकिन्छ।” स्थानीय बलभद्र आधारभूत बिद्यालयका शिक्षक बानियाँ पत्रकारितामा पनि उतिकै दखल राख्छन् ,एक बर्ष अगाडि सात लाखको लगानी बाट शुर गरेको फर्म हेर्न मानीसहरु टाढा टाढाबाट समेत आउने गरेका छन् ।
कृषिमा राज्यले अनुदान दिने भनिएता पनि अहिले सम्म स्थानीय सरकारले कुनै सहयोग गरेको छैन ,उन्नत जातको बीउ, घाँस जस्ता कुरामा सहयोग गरे कृषि पेशालाई मुख्य आम्दानीको श्रोत बनाउन सकिने बानियाँको कथन छ।नेपालमा केही हुँदैन भनेर बस्नेहरुका लागी बानियाँ गतिलो उदाहरण बन्न सक्छन् ।








