क्षितिज नाट्य प्रतिष्ठान द्वारा निर्मित झापा नाटक घरमा नाटक रिफण्ड मञ्चन भइरहेको छ । नाटक कक्षा ११ काे पाठ्यक्रममा आधारित छ । साेमबार नाटक घरमा शिक्षा बहुउद्देश्यीय सहकारी संस्था द्बारा बिर्तामोड -२ राम चाैकमा सञ्चालित शिक्षा सिकाेप निकेतन मन्टेश्वरीका साना साना नानीहरूले नाटक हेरेका छन् ।
आज बिद्यालयमा कक्षाकाे पाठ्यक्रममा पढिरहेकाे बिषयमा आधारित नाटक देखाउन आफ्ना बिद्यार्थीहरुलाइ नाटक घर सम्म पठाउन प्रतिष्ठानका अध्यक्ष माधब कल्पित बताउँछन् ।
ब्यवहारीक शिक्षा आजकाे आवश्यकता भन्ने मुल बिषयमा केन्द्रीकृत नाटक साना नानीहरुले हेर्ने इच्छा जाहेर गरे ,हामी उनिहरुकाे चाहना र इच्छा लाई हामीले राेक्न सकेनौं हामीले उनिहरुलाइ नाटक घरमा ल्याएको शिक्षा शिकाेपकी प्रिन्सिपल रेश्मा घिमिरेले बताईंन । गत माघ १० गते बाट प्रारम्भ भएको नाटक हरेक दिन ८:३० बजे, ११:३० बजे, २:३० बजे र साँझ ४:३० बजे गरि दिनमा ४साे सम्म मञ्चन हुदै आएकाे छ ।







