• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधाराको जलकन्या देवी मन्दिरमा महापुराण हुने


  •    संवाददाता/ बुधबार, माघ १०, २०८०  

  • झापाको अर्जुनधारा–१० चुथाईस्थित जलकन्या देवी मन्दिरमा पाँचौँ धार्मिक अनुष्ठानको रुपमा यही माघ ११ गतेदेखि श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।

    वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवर्धन गर्दै समाजमा सद्भाव कायम गरी मन्दिरलाई सबै धर्मको साझा आस्थाको केन्द्रविन्दुको रुपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञको आयोजना गरिएको मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो।

    Advertisement

    परापूर्व कालदेखि स्थानीय आदिवासीहरूबाट देवीस्थानको रुपमा पूजाअर्चना हुँदै आएको उक्त मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मन्दिर व्यवस्थापन समितिको लक्ष्य रहेको छ ।

    Advertisement

    समितिको लक्ष्यलाई पूर्णता दिन मन्दिर व्यवस्थापनको लागि आवश्यक अक्षयकोषको स्थापना, मन्दिर परिसर घेराबारा तथा अन्य भौतिक पूर्वाधारहरू निर्माण, गौतम बुद्धको प्रतिमा स्थापना, जलाशय तथा दुर्लभ वृक्षहरूको संरक्षण गर्नु उक्त अनुष्ठानको अर्को उद्देश्य रहेको समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिए ।

    बिर्तामोड निवासी धार्मिक व्यक्तित्व एवम् दाता झुमादेवी बस्नेतले उद्घाटन गर्ने उक्त महायज्ञको प्रमुख वाचक पण्डित अर्जुन भट्टराई र उपवाचक पण्डित रोशन भट्टराई रहेका छन् । माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञअन्तर्गत दैनिक पूजाअर्चना, आरती, कथा प्रवचन, सन्ध्या आरती, भजन कीर्तन, माहात्म्य कथा, झाँकी प्रदर्शन, दाता सम्मानलगायतका कार्यक्रम हुने बताइएको छ ।

    महायज्ञबाट अक्षयकोषको लागि जम्मा ३० लाख रुपैयाँसहित अनुमानित ५० लाख रुपैयाँ आम्दानी गर्ने र १० लाख रुपैयाँ खर्च हुने महायज्ञ मूल आयोजक समितिका सहसंयोजक कृष्णप्रसाद चापागाईँले जानकारी दिए । महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रशेखर दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहसंयोजक चापागाईँ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवाल, सामाजिक व्यक्तित्व लवकुश गौतमलगायतले मन्दिरको स्थापना र विविध गतिविधिबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.