• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेत्रपार्क संरक्षणमा बिर्तामोड नगरपालिकाको चासो समुदायसँग सहकार्य


  •    संवाददाता/ मङ्गलबार, माघ ०९, २०८०  

  • झापाको बिर्तामोड–७ गरामनीमा रहेको सहीद नेत्र पार्कको संरक्षणका लागि बिर्तामोड नगरपालिकाले चासो देखाएको छ । सरकारी लगानी भएर पनि संरक्षण अभावमा रहेको पार्क व्यवस्थापनका लागि नगरपालिकाले समुदायसँग सहकार्य सुरु गरेको हो ।

    सरकारले देशका सय पर्यटकीय गन्तव्यमा नेत्र पार्कलाई पनि सूचीमा राखेको थियो । पार्क निर्माणमा राज्य कोषको अढाई करोड भन्दाबढी रुपैयाँ खर्च भएको स्थानीय बताउँछन् । तर, पार्क संरक्षणविहीन भएपछि त्यहाँका सामान हराउने क्रम चलिरहेको छ ।

    Advertisement

    नेत्र पार्कको विकास र संरक्षणमा स्थानीय समुदायलाई परिचालन गर्नु पर्ने आवाज उठिरहेका बेला सोमवारदेखि श्रमदान अभियान सुरु गरिएको छ । सामुदायिक बनको सक्रियतामा पार्क सरसफाईका लागि श्रमदान सुरु भएको अध्यक्ष बद्रि प्याकुरेलले जानकारी दिए ।

    Advertisement

    श्रमदानमा प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरकी प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, पूर्व प्रमुख ध्रुवकुमार सिवाकोटी, वडाध्यक्ष अविरल कृष्ण खरेललगायत सुन्दर निचाझोडा सामुदायिक वन समूहका पदाधिकारी र स्थानीयबासी सहभागी भएका छन् ।

    २२ विघा क्षेत्रफलमा फैलिएको पार्कमा यसअघि भुटानी शरणार्थी बस्दै आएका थिए । शरणार्थी तेस्रोमुलक पुनर्वास भएपछि खाली रहेको जग्गामा पार्क बनाउन थालिएको थियो । निर्माणाधीन अवस्थामै पार्क अलपत्र परेपछि यहाँका सामान चोरिएका छन् ।

    नगर गौरव योजनाका रुपमा पार्कलाई पर्यटकीय गन्तव्य बनाउने गरी अभियान अगाडि बढाउनु पर्ने नगरका राजनीतिक दलहरुको माग छ । एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई हरियाली वातावरण सहितको पार्क आन्तरिक पर्यटनको विकासमा सहयोगी हुने धारणा राख्छन् ।

    कांग्रेसका नगर उपसभापति सूर्य कन्दङ्वा पनि नेत्र पार्कको विकास र विस्तारमा लगानी जुटाउन सके एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थपिने बताउँछन् । उनले नगरका विकास योजनामा हुने साझा सहमतिले परिणाम ल्याउने पनि बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.