• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कक्षा ८ मा सँगैका साथी पढाउँछन् जगन्नाथ


  •    संवाददाता/ आइतबार, माघ ०७, २०८०  

  • बालबालिकामा लोकगीत देउडा गीतप्रतिको आकर्षण हराउँदै गइरहेको छ । आजभोलि धेरै बच्चा मोबाइलमै रमाउन थालेका छन् । स्कुल समयभन्दा अन्य समय बच्चाको मोबाइल हेरेरै बित्ने गरेको छ । गीत गाउनु, देउडा गाउनु त बच्चाको सोचमा नै आउँदैन तर धनगढी उपमहानगरपालिकाको शारदा विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने छात्र जगन्नाथ जोशी (जीवन) भने विद्यालयभरिमै फरक स्वभावका छन् ।

    उनको नाम विद्यालयमा जगन्नाथ लेखे पनि उनलाई धेरैले जीवन भनेर चिन्छन् । जीवन विद्यालयमा आएर पढ्ने मात्र हैन पढाउने कामसमेत गर्छन् । शारदा विद्या निकेतनमा जीवन भन्नेबित्तिकै विद्यार्थीसमेत झसङ्ग हुन्छन् । उनी कक्षामा शिक्षक नभएको बेला आफैँ कक्षाकोठामा पढाउने, साथीले नजानेका कुरा सिकाउने गर्दछन् । विद्यालयमा हुने हरेक क्रियाकलापमा सधैँ भाग लिन्थे र उनी सहभागी भएको टिम प्रथम या द्वितीय हुन्थ्यो । त्यहाँ उनले थुपै मेडल, प्रमाणपत्र पुरस्कार पाए पनि सबै काम गरेर पनि उनी कक्षाकोठामा सधैँ प्रथम हुन्थे । विद्यालयमा आयोजना हुने हाजिरीजवाफ, वादविवाद, गायन, देउडा वक्तृत्वकलामा सधैँ भाग लिन्थे र प्रथम द्वितीय हुन्थे ।

    Advertisement

    उनले १३ वटा मेडल, प्रमाणपत्र र कैयौँ पटक नगद पुरस्कार पाइसकेका छन् । उनकै कक्षामा अध्ययनरत छात्रा रितु बोहरा भन्छिन्, “जीवन हाम्रो साथी मात्र होइन हाम्रो शिक्षक पनि हो । उनलाई देखेर त्यहाँका शिक्षक पनि गर्व गर्छन् ।” “अहिले उनी १४ वर्षका छन् यति सानै उमेरमा उनमा यति धेरै क्षमता र अनुशासन छ । जगन्नाथ (जीवन) वास्तवमै हाम्रो स्कुलको एउटा कमेडियन हो, गायक हो ,अब्बल छात्र हो, उसमा कुनै कुराको कमजोर छैन, धेरै मेहनती छ, कक्षाकोठामा सधैँ प्रथम हुन्छ, उसमा धेरै चिजको प्रतिभा छ,” भन्नुहुन्छ सोही विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंह ।
    अहिले उनी कक्षा ८ मा अध्ययन गर्छन् । उनको बुवा छोरालाई संस्कृत पढाउने धोको अझै मरेको छैन । ९ कक्षा पढेर बुवा अझै हरिद्वार पढ्न जा भन्नुहुन्छ । आफ्नो मनले पनि जानेको सोच्दै छु । यता पढ्यो भने साइन्स पढ्ने इच्छा छ । अब कसो हुन्छ भन्छन् जीवन ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.