• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा संशोधनका लागि यस्ता छन् प्याब्सनका सुझाव (सूचीसहित)


  •    संवाददाता/ बिहिबार, माघ ०४, २०८०  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० उपर संशोधनका लागि ८ बुँदा पेस गरेको छ ।

    विधेयकको दफा ४(३) मा ‘यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भइ सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएपछि शैक्षिक गुठीका रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने छ’ भन्ने प्रावधान संशोधन गर्नुपर्ने प्याब्सनको सुझाव छ । उक्त व्यवस्थाको साटो ‘यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भइ सञ्चालनमा रहेका संस्थागत विद्यालय कम्पनी ऐन बमोजिम नै सञ्चालन गर्न बाधा पर्नेछैन’ भन्ने व्यवस्था हुनुपर्ने प्याब्सनको भनाइ छ ।

    Advertisement

    संविधानको धारा १७ (२) (च) अनुसार उद्योग, पेसा व्यवसाय गर्ने स्वतन्त्रता र धारा २५ को सम्पत्तिको हक अनुरुप शिक्षामा निजी क्षेत्रको व्यवसाय र लगानी सुरक्षित गर्न दफा ४ (३) संशोधन गर्न आवश्यक रहेको प्याब्सनले प्रस्ट पारेको छ ।

    Advertisement

    यस्तै, दफा ८ (क) मा मूल विषयमध्ये गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी भाषामा अध्यापन गराउनुपर्ने व्यवस्था भए पनि प्याब्सनले यसलाई संशोधन गरी उल्लेखित तीन विषय ‘अङ्ग्रेजी वा नेपाली भाषामा अध्यापन गराउनुपर्ने’ प्रावधान राख्न माग गरेको छ । भाषाका कारण सरकारी विद्यालयमा विद्यार्थीले पढाइ छाड्ने सम्भावना रोक्न र भाषा छनोट गर्ने अधिकार विद्यार्थीलाई दिन उपयुक्त हुने प्याब्सनको ठहर छ ।

    विधेयकको दफा ८ (ग) मा नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषयहरु नेपाली वा मातृभाषाको माध्यमबाट अध्ययन गराउने व्यवस्था भएकोमा प्याब्सनले ‘नेपाली, अङ्ग्रेजी वा मातृभाषाको माध्यमबाट अध्ययन गराउने व्यवस्था गरिनुपर्ने’ सुझाव दिएको छ ।

    यसैगरी दफा १४ मा विद्यालयको सम्पत्ति सम्बन्धी व्यवस्थाका सम्बन्धमा ‘कम्पनी अन्तर्गत सञ्चालित विद्यालयहरुको सम्पत्ति कम्पनीमा रहने र निजी गुठी अन्तर्गत सञ्चालित विद्यालयको सम्पत्ति सोही गुठीमा रहने’ व्यवस्था हुनुपर्ने प्याब्सनको भनाइ छ ।

    प्याब्सनले निजी शैक्षिक गुठीको बचत रकममा आयकर लाग्ने छैन भन्ने व्यवस्था राख्न पनि सुझाव दिएको छ । राष्ट्रिय पाठ्यक्रम परिषदमा निजी लगानीका विद्यालयका सञ्चालकमध्येबाट मन्त्रालयले मनोनीत गरेका एक जना राख्ने प्रावधानलाई संशोधन गरी निजी विद्यालयहरुको राष्ट्रिय छाता संगठनको अध्यक्षहरु मध्येबाट प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग प्याब्सनले गरेको छ ।

    बोर्ड गठनसम्बन्धी प्रावधानमा पनि प्याब्सनले सार्वजनिक माद्यमिक विद्यालयका प्रधानाध्यापकमध्येबाट एक जना र निजी लगानीका माद्यमिक विद्यालयहरुको राष्ट्रिय छाता संगठनका अध्यक्षहरुमध्येबाट प्रतिनिधित्वको व्यवस्था गर्न सुझाव दिएको छ ।

    प्याब्सनले माद्यमिक शिक्षा उत्तीर्ण परीक्षा र कक्षा १० को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.