झापाको दमककि कृतज्ञता थापा राष्ट्रिय सेवादल (एनसिसी) मार्फत युथ एक्सेन्ज कार्यक्रममा छनोट भएकी छन् ।
देशभरका १५ हजार एनसिसी सदस्यमध्ये छनोट भएर कक्षा ११ की छात्रा थापा भारतमा हुने युथ एक्सेन्ज कार्यक्रममा सहभागी हुन झापा मोडल अंग्रेजी माविकी छात्रा छनौट भएकी विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।
एनसिसिमा आबद्ध विद्यालयका एनसिसी क्याडेटहरूले तालिम अवधिभरिमा तालिमका विभिन्न विधामा प्रस्तुत गरेको क्षमता, कला, कौशल र अनुशासनको पालना गरेको आधारमा छनोट भएर थापा भारत गएकी छन् ।
पुस १५ गतेदेखि २९ गतेसम्म नेपाली सेनाको मुख्यालयमा सञ्चालित आन्तरिक तालिममा थापा उत्कृष्ट भएकी थिइन् । माघ १३ गतेसम्म सञ्चालन हुने कार्यक्रमका लागि उनी छनोट भएर भारत गएकी हुन् ।
भारतको विभिन्न राज्यहरूको भ्रमण गरी आफ्नो कला, कौशल प्रस्तुत गर्न नेपालबाट झापाकी थापासहित १६ जना क्याडेट (विद्यार्थी) ले यो अवसर पाएका छन् ।
दुई सातासम्म हुने कार्यक्रममा क्याडेटहरुले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, सुरक्षामन्त्री लगायतका उच्चपदस्थलाई समेत भेट्ने र छलफल गर्ने मौका पाउने जनाइएको छ ।
२३ देशका क्याडेट सहभागी हुने विशिष्ट कार्यक्रममा थापाले सम्बोधन गर्ने अवसर समेत पाउने श्रेष्ठले जानकारी दिए ।







