नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक तथा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आज बसेको बैठकले देउसी भैलोमा प्रतिवन्ध लगायत बिभिन्न ११ बुँदे निर्णय गरेको हो ।
बैठकले कोभिड–१९ रोकथाम सम्बन्धी जन चेतनाका लागि सम्बन्धित वडाको व्यवस्थापनमा सबै वडा र टोलहरुमा व्यापक प्रचार प्रसार गर्ने , नगर भित्र संचालित होटल, रेष्टुरेन्ट राती ८ बजे पश्चात बन्द गर्ने , नगरभित्रका व्यापार व्यवसाय र बजारहरु स्वास्थ्य मापदण्डको पालना गरी संचालन गर्ने गराउने , जिल्लालाई नै संक्रमणको रोकथाम गर्न लकडाउन वा विकल्प सहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने , कोरोनाको लक्षणसँग मिल्दो जुल्दो लक्षण भई घरमा नै पि.सि.आर. नगरी बसेका सबै व्यक्तिहरुलाई पहिचान गरी पि.सि.आरको दायरा बढाउने , विरामी पहिचानको लागि वडा मार्फत टोल विकास संस्था परिचालन गर्ने , निःशुल्क पि.सि.आर.टेस्टका ेलागि स्रोतको पहिचान गर्ने ,लगायतका निर्णयहरुले गरेको नगरका प्रेस संयोजक तिर्थ सिग्देलले जानकारी दिनुभयो ।
कोरोना संक्रमणदर नगर क्षेत्रभित्र बढीरहेको भन्दै नगरले उक्त निर्णयहरु गरेको उहाँले बताउनुभयो ।







