पुष २२ । बिर्तामोड नगरपालिका वडा नम्बर २ खेलकुद विकास समितिले खेलकुद सामग्री वितरण गरेको छ ।
साविक चारपाने गाविसका ८ वटै वडालाई भलिबल,नेट,फुटबल वितरण गरिएको हो । त्यस्तै बालबालिकालाई पनि फुटबल वितरण गरिएको अध्यक्ष कमला लिम्बूले जानकारी दिइन् ।
पुष २६ र २७ गते साविक वडास्तरीय भलिबल प्रतियोगिता हुने बताईएको छ ।

गत मंसिर २५ बाट सुरु भएको खेलकुद महोत्सव फागुन १० गते समापन हुने बताईएको छ । कार्यक्रममा वडाध्यक्ष किशोरकुमार पौडेल ,सदस्य तिला गौतमलगायतको उपस्थितिमा सामग्री वितरण गरिएको सचिव पंकज सिग्देलले जानकारी दिए ।वडा कार्यालयले युवा र बालबालिका लक्षित कार्यक्रम गर्दै आएको छ ।
Advertisement







