• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उद्योग तथा व्यवसायी महासंघले बिर्तामोड नगरपालिकालाई बुझायो ज्ञापनपत्र


  •    संवाददाता/ बुधबार, पुष १८, २०८०  

  • पुष १८ । नेपाल उद्योग तथा व्यवसायी महासंघले बिर्तामोड नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

    कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यवसाय क्षेत्र सम्हाल्न नसक्ने अबस्थामा पुगिसकेको बेला बिर्तामोड नगरपालिकाबाट विशेष राहतको लागि महासंघको बिर्तामोड नगर कमिटीले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

    बिर्तामोड नगरपालिकाको अघिल्लो कार्यकालमा बजार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापनलाई मध्यनजर गर्दै २ पांग्र्रे र ३ पांग्रे सवारीलाई समेत लैजाने गरी वडा नं. ६ मा अटोल्याण्ड सञ्चालनमा ल्याएकोमा व्यवसायीहरुको माग र बजारको परिस्थिति मध्यनजर गर्दै २ पांग्र्रे र ३ पांग्रे सवारीलाई यथावत स्थानमै रहने गरी नवीकरणको व्यवस्थापन मिलाइदिन ,व्यवसायीको हितका लागि नगरपालिकाले कर छुटमा दिएको समयसीमा कार्तिक मसान्तमा समापन भएको हुँदा उक्त सुविधालाई माघ मसान्तसम्म निरन्तरता दिन, बिर्तामोड नगरपालिकाले सम्पत्ति कर र व्यवसायिक करमा गरेको नयाँ व्यवस्था अव्यवहारिक भएकोले सम्पत्ति कर बुझाएपछि मात्रै व्यवसायिक कर बुझ्ने निर्णयलाई पुनरावलोकन गरी व्यवसाय नविकरण गरिदिन र बिर्तामोड नगरपालिकाको कारोवारका आधारमा व्यवसायिक कर लिने प्रावधान अवैज्ञानिक भएको हुँदा पूँजीको आधारमा कर निर्धारण गर्न माग गरिएको छ ।

    नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष युवराज निरौलाले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सो ज्ञापनपत्र बुझाएका हुन् । त्यस अवसरमा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलगायतको उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझाउने टोलीको नेतृत्व गरेका नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बिर्तामोड नगरपालिकाको करसम्बन्धी निर्णयले व्यवसायीहरु अप्ठ्यारोमा परिरहेको ध्यानाकर्षण गराए । उनले बिर्तामोड उद्योग वाणिज्य संघ र बिर्तामोड नगरपालिकाबीच दूरी बढ्नु राम्रो कुरा नभएको भन्दै व्यक्तिका कारण सिंगो संस्थासंग दूरी नबढाउन आग्रह गरे ।

    Advertisement

    ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले वाणिज्य संघको भूमिका समन्वयकारी हुनुपर्नेमा अराजक शैलीको पाइएको बताइन् । उनले वाणिज्य संघको नेतृत्व सच्चिन जरुरी भएको भन्दै अबको नेतृत्व राम्रो चयन गर्न सुझाव दिइन् । ज्ञापनपत्रमा प्रस्तुत गरिएका मागहरुप्रति आफूहरु सकारात्मक रहेको बताउँदै उनले छलफल गरेर त्यसलाई संबोधन गर्ने आश्वासन दिएकी छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.