• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देवी माविको मिनी म्याराथनको उपाधि स्काइ र सुस्मितालाई


  •    संवाददाता/ मङ्गलबार, पुष १७, २०८०  

  • पुष १७ । देवी माध्यमिक विद्यालय बिर्तामोडद्वारा आयोजित मिनी म्याराथनको उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् ।

    धुलाबारी मोडबाट आज बिहान सुरु भएको ११ किलोमिटर दूरीको मिनी म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका लिम्बू ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।

    Advertisement

    त्यस्तै, भद्रपुर २ की राई ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र पाउने छन् ।

    Advertisement

    त्यस्तै, पुरुषतर्फ धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे । शिवसताक्षी ३ का समिर कन्दङ्वाले ४० मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
    दोस्रो भएका लिम्बूले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएका कन्दङ्वाले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    महिलातर्फ बुद्धशान्ति ५ की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा ११ की सिमना जवेगूले निर्धारित दूरी १ घण्टा १ मिनेट १३ सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

    दोस्रो भएकी दनुवारले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएकी जवेगूले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छिन् ।
    विजेताहरुलाई पुष १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा महिला तथा पुरुष गरी १३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।

    देवी माध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.